Websoft University

www.radiomakalu.com || 021-522512


भोजपुरमा चैत्र १३ देखि रेडबुल जिल्ला स्तरीय राष्ट्रिय लिग फुटवल


भोजपुरमा चैत्र १३ देखि रेडबुल जिल्ला स्तरीय राष्ट्रिय लिग फुटवल
भोजपुर  फागुन  २७ गते । पूर्वी पहाडी जिल्ला भोजपुरमा आगामी चैत्र १३ गते देखि सदरमुकामको स्थानिय टुँडिखेलमा रेडबुल जिल्ला स्तरीय राष्ट्रिय लिग फुटवल प्रतियोगिता संचालन हुने भएको छ । अखिल नेपाल फुटवल संघको आयोजना तथा भोजपुर जिल्ला फुटवल संघको स्थानिय आयोजनामा चैत्र १९ गतेसम्म संचालन हुने प्रतियोगितामा फुटवल संघमा आवद्ध १२ वटा क्लवहरुको सहभागिता रहने भोजपुर जिल्ला फुटवल संघका अध्यक्ष प्रबिण सुवालले जानकारी दिएका छन ।


प्रतियोगितामा कोदार फुटवल क्लव, बैकरोड फुटवल क्लव, दिंला फुटवल क्लव, सप्तधारा फुटवल क्लव, भोजपुर युवा क्लव, रिमाचुङ स्र्पोट एकेडेमी, होम्ताङ्ग फुटवल क्लव, लाइवेरी फुटवल क्लव, देउराली फुटवल क्लव, नमुना फुटवल क्लव, भोजपुर युथ एकाडेमी र द सोल्टी युनाइटेडको सहभागिता रहने अध्यक्ष सुवालले बताए । प्रतियोगितामा १५ खेल खेलाइने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेले नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन भने दोश्रोले १० हजार नगद र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ । लिग कम नकआउटको आधारमा खेलाइने प्रतियोगिताका ९ टिमलाई खेल तयारी बापत ५ हजार र ३ टिमलाई १० हजारका दरले रकम समेत संघले प्रदान गर्ने अध्यक्ष सुवालले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टिमले पूर्वाञ्चल स्तरीय खेलमा सहभागिता जनाउन पाउने छन ।- निरोज कोइराला


  

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget