Websoft University

www.radiomakalu.com || 021-522512


प्रहरी प्रमुख जयबहादुर कि नवराज ? सर्वोच्चको फैसला आज



काठमाडौं, चैत ७ गते । प्रहरी महानिरीक्षक नियुक्ति विवाद सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आज अन्तिम फैसला गर्दैछ । सरकारको तर्फबाट सरकारी वकिलले प्रतिरक्षा गरेपछि सर्वोच्चले अन्तिम फैसला गर्ने स्रोतको दाबी छ ।
गत फागुन १ गतेको मन्त्रिपरिषद बैठकले डिआइजी जयबहादुर चन्दलाई आइजीमा बढुवा गरेपछि अधिवक्ता कपिलदेव ढकालले त्यसविरुद्ध रिट दायर गरेका थिए । यसैगरी बढुवाका अर्का दाबेदार डिआईजी नवराज सिलवालले पनि रिट दायर गरेका थिए ।

सोमबारको अन्तिम सुनुवाइले गत फागुन १८ गते जारी अन्तरिम आदेश खारेज गरे जयबहादुर चन्दको सिफारिस कार्यान्वनको बाटो खुल्नेछ । तर, अन्तरिम आदेशलाई निरन्तरता दिए सरकारले फेरि नयाँ प्रहरी प्रमुख सिफारिस गर्नुपर्नेछ ।

चन्दको बढुवाविरुद्धको मुद्दाको अन्तिम सुनुवाईका लागि प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा पूर्ण इजलाश गठन गरिएको छ । आइतबार रिट निवेदकका तर्फबाट शम्भु थापा, भीमार्जुन आचार्य, ओमप्रकाश अर्याल, बद्रीबहादुर कार्कीलगायतले बहस गरेका थिए । तर, महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठसहितका सरकार पक्षका वकिलले यसअघि अन्तरिम आदेश जारी गर्ने न्यायाधीश समेतको इजलासमा पेसी तोकिएको भन्दै इजलाश बहिस्कार गरेका थिए ।

अधिवक्ता कपिलदेव ढकालको रिटमा सुनुवाइ गर्दै गत फागुन १ गते प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले निर्णय कार्यान्वयन नगर्न सरकारलाई अन्तरिम आदेश दिएको थियो । सोही दिन डिआइजी सिलवालले पनि सर्वोच्चमा रिट दायर गरेका थिए ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget