Websoft University

www.radiomakalu.com || 021-522512


उत्तर कोरिया र मलेसियामा देश छाड्न प्रतिबन्ध


उत्तर कोरिया र मलेसियामा देश छाड्न प्रतिबन्ध
क्वालालम्पुर,  फागुन २४ गते  । मलेसियाली नागरिकलाई आफ्नो देशबाट बाहिरिन उत्तर कोरियाले प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाका शासक किम जोङ्ग उनका सौतेला दाइ किम जोङ्ग नामको गत १३ फेब्रुअरीका दिन मलेसियाली राजधानी क्वालालम्पुरको अति ब्यस्त विमानस्थलमा अति घातक र प्रतिबन्धित बिषालु रसायनिक युद्ध पदार्थ भिएक्स नर्भ एजेन्ट छर्केर रहस्यमय हत्या भएपछि मलेसिया र उत्तर कोरियाबीच नराम्ररी बिग्रिँदै गएको दौँत्य सम्बन्ध थप जटिल हुने गरी उत्तर कोरियाले यस्तो प्रतिबन्ध अघि सारेको हो ।


आफ्ना देशका नागरिकलाई यसरी बन्दी बनाएसरहको ब्यबहार गर्ने उत्तर कोरियाको यस्तो चालबाजीप्रति तत्कालै खरो प्रतिक्रिया दिँदै मलेसियाली प्रधानमन्त्री नजिब रजाकले उत्तर कोरियाका नागरिकलाई पनि मलेसिया छाड्न प्रतिबन्ध लगाइने बताउनुभयो ।

सम्पूर्ण अन्तरराष्ट्रिय नियम, कानून तथा प्रचलित अन्तरदेशीय मूल्य र मान्यताको विपरीत हुने गरी हाम्रो देशका नागरिकउपर ज्यादती भएको मलेसिया टुलुटुलु हेरेर बस्न नसक्ने बताउँदै मलेसियाली प्रधानमन्त्री रजाकले जस्तालाई तस्तै (टिट फर ट्याट) ब्यबहार गरिने बताउनुभयो ।

दुई देशबीच गाँसिएको पुरानो दौंत्य सम्बन्ध नाम–हत्याकाण्ड पश्चात् केही दिनमै अन्त्य भइ नाटकीय रुपमा सुरु भएको राजनीतिक शीतयुद्धले झगडा थप चर्कउने देखिएको छ ।

यसअघि, गएको मङ्गलबार उत्तर कोरियाको सरकारी स्वामित्वमा रहेको केन्द्रीय समाचार समितिले मलेसियामा बसोबास गरिरहेका कोरियाली नागरिकको सुरक्षाको प्रत्याभूति नपाएसम्म र मलेसियाली सरकारले कोही पनि उत्तर कोरियाली कूटनीतिक ब्यक्तित्व वा साधारण नागरिकलाई हानी नपुग्ने गरी किम जोङ्ग नाम हत्याकाण्डको टुङ्गो नलगाएसम्म मलेसियाली नागरिकलाई उत्तर कोरिया छाड्न नदिने आदेशात्मक समाचार प्रसारण गरेको थियो ।

नाम–हत्याकाण्डमा थप सातजना उत्तर कोरियाली पनि संलग्न छन् भन्ने आशंकामा मलेसियाली सरकारले उनीहरुको ब्यापक खोजबीन गरिरहेको छ । तीमध्ये चार जना त नामको हत्या भएकै दिन मलेसिया छोडेर फरार भई उत्तर कोरिया नै फर्किसकेका अनुमान गरिएको थियो ।

मलेसियाली प्रहरीको खोजीमा परेका उत्तर कोरियाली राजदूतावासका द्वितीय सचिव र उत्तर कोरियाली सरकारको स्वामित्वमा रहेको एयर कोरियो विमान सेवाका एकजना कर्मचारी र परिचय नखुलाइएको अन्य एकजना मलेसिया मै भूमिगत भइ कहीँ लुकेर बसिरहेको बलिष्ठ अनुमान गरिएको छ ।

उत्तर कोरियामा बसोबास गर्ने हाम्रो राष्ट्रका नागरिक सुरक्षित र ढुक्क छन् भन्ने राम्ररी पुष्टि नभएसम्म कुनै पनि उत्तर कोरियालीलाई मलेसियाबाट बहिर जान नदिन सबै नाकाको राम्ररी निगरानी गर्न मैले प्रहरीका आइजिपिलाई निर्देशन दिएको छु, मलेसियाली प्रधानमन्त्री रजाकले बताउनुभयो ।

मलेसियालाई कर्मक्षेत्र बनाएका वा घुमघाम, अध्ययन, पठनपाठन गर्न आएका वा ब्यापार ब्यबसायको सिलसिलामा बसोबास गर्ने उत्तर कोरियाली नागरिकको सङ्ख्या वर्तमानमा करिब एकहजार जना रहेको विश्वास गरिएको छ ।

दुई देशबीचको दौँत्य सम्बन्धमा यसरी तिक्तता आउनु अघि उत्तर कोरिया र मलेसिया विश्व सामु दुई अभिन्न मित्र र राजनीतिक साझेदारका रुपमा स्थापित थिए ।

यसैका आधारमा, उत्तर कोरियाली नागरिकका लागि भिसा नचाहिने संसारका साह्रै कम गन्तब्य देशमध्ये मलेसिया नै एक प्रमुख र सहज मुलुक थियो ।

विगतका धेरै वर्षसम्म उत्तर कोरियालीले मलेसियालाई एक प्रमुख मौन गन्तब्य मान्दै जागीर वा व्यवसायको अवसरको खोजी, अध्ययन वा पठनपाठन, उद्योग वा ब्यापारको अवसरका लागि सुरक्षित भूमिका रुपमा उपयोग गर्दै आएका थिए ।

त्यस्तै, हाल उत्तर कोरियामा बसोबास गर्ने मलेसियाली नागरिकको सङ्ख्या एघारजना रहेको मलेसियाली उपबिदेशमन्त्री रीजल मेरिकनले संसद् भवनमा संवाददातालाई बताएका छन् ।

तीमध्ये राजदूताबासमा काम गर्ने कूटनीतिक कर्मचारी–तीन जना, उत्तर कोरियामा खटिई आएका संयुक्त राष्ट्र सङ्घीय कर्मचारी–दुई जना र बाँकी तिनीको परिवारका सदस्य छन् । रासस÷एपी

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget