Websoft University

www.radiomakalu.com || 021-522512


इटलीको जन्मदर घट्दो, जनसङ्ख्या न्युन हुदै

इटलीको जन्मदर घट्दो, जनसङ्ख्या न्युन हुदै

रोम,  इटलीको जनसङ्ख्या सन् २०१६ मा फेरी कम भएको छ । सोमबार सार्वजनिक गरिएको तथ्याङ्कअनुसार जन्मदर पनि कम भएको छ । सन् २०१७ को जनवरी १ सम्ममा इटलीको जनसङ्ख्या छ करोड ५७ लाख रहेको छ । यो जनसङ्ख्या अघिल्लो वर्षको भन्दा ८६ हजार कम भएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।


सन् २०१५ मा जन्मिनेको सङ्ख्या चार लाख ८६ हजार रहेको र सन् २०१६ मा चार लाख ७४ हजार जना जन्मिएको कार्यालयद्वारा प्रकाशित विवरणमा उल्लेख छ ।

अघिल्लो वर्ष कुल जन्मदर १.३४ रहेको थियो भने प्रत्येक महिलालाई १.३५ प्रतिशत बालबालिका परेको थियो । युरोपियन युनियनका सदस्य देशमध्ये सन् २०१५ मा इटली सबैभन्दा कम जन्मदर भएको देशमा परेको थियो । रासस÷सिन्ह्वा

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget