Websoft University

www.radiomakalu.com || 021-522512


सुन खानी दुर्घटनामा १० को मृत्यु


सुन खानी दुर्घटनामा १० को मृत्यु
सेन्झाउ: चीनको दुई ओटा सुनको खानीमा भएको दुर्घटनामा परी शुक्रबार कम्तीमा १० जनाको मृत्यु भएको छ।
हेनन प्रान्तमा सँगसगै रहेका दुई ओटा खानीमा दुर्घटना भएको स्थानीय अधिकारीहरुले शनिबार जानकारी दिएका छन्।
स्थानीय समयअनुसार शुक्रबार विहान १०.३६ बजे १२ जना मजदुर र छ जना व्यवस्थापनतर्फका कर्मचारी क्विनलिङ नामक सुनको खानीमा पुरिएको उनीहरुले बताएका छन्।
पुरिएको ठाउबाट उद्धारकर्ताले शुक्रबार राती अबेर सात जनाको शव निकालेका छन्। पुरिएका मध्ये अरु १० जनालाई भने उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । अर्का एक जना बेपत्ता भएका छन्।
त्यस्तैखालको अर्को दुर्घटनामा दुई जनाको मृत्यु भए छ। स्थानीय समय अनुसार शुक्रबार बेलुका ३:०० बजेसंगैको सुनखानीमा छ जना मजदुर पुरिएका थिए। उनीहरुमध्ये चार जनालाई बेलुका ५:३० बजे उद्धार गरिएको थियो भने अरु दुई जना अबेर राति मृत अवस्थामा भेटिएका थिए।
स्थानीय प्रशासनले दुबै घटनाका बारेमा अनुसन्धान सुरु गरिसकेको जनाएको छ। रासस/सिन्ह्वा
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget