Websoft University

www.radiomakalu.com || 021-522512


१४ सय ७७ जनाले दिए इजरायलमा रोजगारीका लागि आवेदन



काठमाडौं,चैत १२ गते । यो पटक इजरायलमा केयर गिभरका रुपमा जान १४ सय ७७ जनाले आवेदन दिएका छन् । अब योमध्ये योग्य उम्मेद्वारको विवरणलाई वैदेशिक रोजगार विभागले अर्को चरको छनौटका लागि इजरायलसमक्ष प्रस्तुत गर्नेछ ।

इजरायलले त्यसमध्येबाट १ सय कामदारलाई चिठ्ठाका मामध्यमबाट छनौट गरेर अन्तिम चरण्को भाषा परीक्षामा समावेश गर्नेछ ।


सय जनाबाट छानिएर ६० जना मात्रै नेपाली कामदार इजारायल जानेछन् । पहिलो चरणमा ५९ जना केयर गिभर लगेको इजरायलले लामो समयको अन्यौलतापछि दोस्रो चरणमा कामदार लैजान लागेको हो ।

५१ महिनाको श्रम सम्झौतामा इजरायल जान इच्छुकसँग वैदेशिक रोजगार विभागले आवेदन मागेको थियो । आगामी चैत ९ गतेसम्म आवेदन गरेकाहरुको अहिले कागजात अध्ययन भइहरेको वैदेशिक रोजगार विभागकी प्रवक्ता रमाा भट्टराईले जानकारी दिइन् ।

यसपछि इजरायलले विद्युतीय माध्यमबाट १ सय कामदारको लागि लट्री गर्नेछ । यसबाट छानिेले भाषा परीक्षा पनि दिनुपर्नेछ ।

शारिरिक रुपमा पनि स्वस्थ केयर गिभरको अन्तिम छनोट भने वैदेशिक रोजगार विभाग र इजरायलस्थित पीआईबीएले गर्ने विभागले जनाएको छ । छनोट भएका आवेदकले इजरायल पुगेपछि वृद्ध, अपाङ्ग तथा अशक्तको स्याहार सुसार गर्नुपर्ने छ ।

तौल कम्तिमा ४५ केजी भएका २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेका, उचाइ कम्तिमा ५ फिट भएका, र कम्तिमा एसएलसी पास भएकाले इजरायली भाषा परीक्षाका योग्य मानिनेछन् ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डबाट मान्यताप्राप्त संस्थाबाट कम्तिमा ३ महिनाको केयर गिभर तालीम वा प्राक्टिकल नर्सिङ सफलतापूर्वक पूरा गरेको प्रमाणपत्र पनि आवश्यक पर्छ ।

इइजारयल जान ण्टरमिडियट लेभलको अङ्ग्रेजी भाषाको ज्ञान गरेको हुनुपर्ने र पूर्णरूपमा स्वस्थ भएको हुनुपर्ने छ ।इजरायल जाँदा कल्याणकारी कोष, बीमा, स्वास्थ्य परीक्षण तथा हवाई टिकटको सबै खर्च कामदारले नै बेहोर्नुपर्ने छ ।-अनलाइनखबर


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget