Websoft University

www.radiomakalu.com || 021-522512


तमोर नदी सीमा क्षेत्रका बस्तीमा खानेपानीको समस्या


तमोर नदी सीमा क्षेत्रका बस्तीमा खानेपानीको समस्या
तेह्रथुम,  चैत  गते  । तमोर नदीसँग सीमा जोडिएका तेह्रथुमका एक दर्जन बढी गाविसमा खानेपानीको चरम समस्या हँुदै आएकोे छ । जिल्लाको आठराई क्षेत्रका ईवा, ह्वाकु, छातेढुङ्गा, चुहानडाँडा, सक्रान्ति, थोक्लुङ र छथर क्षेत्रका हमरजुङ, ओख्रे, सुदाप, फाक्चामारा र पञ्चकन्यालगायत गाविसका तल्लो क्षेत्रका बासिन्दाले खानेपानीको चरम समस्या बेहोर्दै आएका छन् ।


गाउँमा रहेका पानीका मुहान, धारा कुवा र खोली खोल्सी सुक्दै गएपछि यी गाविसमा बर्सेनि खानेपानी समस्या बढिरहेको छ । कतिपय गाविसका बस्तीमा खानेपानी बोक्दैमा दिन बित्ने गरेको पञ्चकन्याकी यशोदा दाहालले बतानुभयो । खानेपानी अभाव भएकै कारण यी गाविसबाट बर्सेनि बसाइँ सरेर जानेको सङ्ख्या समेत बढ्न थालेको छ ।-पुर्बेलीन्युज

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget