Websoft University

www.radiomakalu.com || 021-522512


असिना, हावाहुरीले लिची र आँपमा क्षति




गाईघाट (उदयपुर) चैत ८ गते । सोमबार दिउँसो आएको हावाहुरी र असिनाका कारण उदयपुर जिल्लाको त्रियुगा नगरक्षेत्रको खैजनपुर बगाहालगायत पूर्वी क्षेत्रको जोगिदह, हँडिया तथा सुन्दरपुर क्षेत्रका लिची तथा आँपमा व्यापक क्षति भएको छ ।


अचानक वर्षासँगै आएको हावाहुरी र असिनाले भर्खरै फुल्न लागेको आँप र लिचीको फूल व्यापक रुपमा असिनाले खसाएर क्षति पु¥याएको कुरा जोगिदहका स्थानीय दिनेश चौधरीले बताए ।

दक्षिणी क्षेत्रबाट आएको वर्षासँगैको हावाहुरी तथा असिनाले हँडिया र सुन्दरपुर क्षेत्रमा भर्खरै फुल्न थालेको आँप र लिचीको फूललाई क्षति पु¥याएको हँडिया राजाबासका स्थानीय राजकुमार प्रधान बताउँछन् ।

प्रधानले भने, “यो आँप र लिचीको फूल फुल्ने र फल लाग्न सुरु गर्ने समय हो, आफूहरुको बगैँचामा आँप तथा लिची फुलेर भर्खरै सानासाना फलसमेत लाग्न सुरु गरेका बेला अचानक आएको असिनाले फूल खसाइदिएको छ, यसपटक यस क्षेत्रमा आँप र लिची उत्पादनमा ठूलो क्षति पुगेको छ ।”

यता जिल्लाको पूर्वी क्षेत्रको तपेस्वरीको भागलपुर क्षेत्रमा समेत असिनाका कारण आँपको फूलमा क्षति पुगेको भागलपुरका डिकबहादुर राई बताउँछन् । उदयपुर जिल्लामा जोगिदह, हँडिया, सुन्दरपुर र तपेस्वरी क्षेत्र आँपको पाकेट क्षेत्र मानिने गरेको छ । यसक्षेत्रमा लामो समयदेखि धेरै कृषकले व्यावसायिकरुपमा आँप तथा लिचीखेती गर्दै आएका छन् ।-रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget