Websoft University

www.radiomakalu.com || 021-522512


किन छोडे प्रकाशचन्द्र लोहोनीले राप्रपा, यस्तो रहेछ कारण !

किन छोडे प्रकाशचन्द्र लोहोनीले राप्रपा, यस्तो रहेछ कारण !

काठमाडौं, फागुन २९ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले राप्रपा परित्याग गर्ने बताएका छन् । पार्टी एकतापछि चुनाव चिन्ह हलो राखिनुपर्ने अडान राख्दै आएका डा. लोहनीले अहिले रिपोर्टस क्लवमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टी परित्याग गर्ने औपचारिक घोषणाको तयारीमा छन् ।
एकता महाधिवेशनपछि पार्टी विधानलाई उपेक्षा गरिएको र समझदारीलाई लत्याउने काम गरिएको आरोप लोहनीले लगाएका छन् । उनले भनेका छन्, ‘पार्टीलाई एउटा व्यक्तिको वा एउटा सानो झुण्डको हतियारको रुपमा प्रयोग गर्न खोजियो, यस्तो अधिनायकबादी क्रियाकलापसँग मेरो पूर्ण असहमति छ ।’राप्रपाको एकता महाधिवेशनमा कमल थापासँग अध्यक्षमा चुनाव लड्ने अन्तिम तयारीमा रहेर पनि उनी पछि हटेका थिए ।

लोहनीले पार्टी अध्यक्ष कमल थापालाई पत्र लेख्दै आजमा मितिबाट राप्रपाको कुनैपनि तहको सदस्य नरहेको तपाईंलाई जानकारी गराउँछु, भनेका छन् । आफूले २५ बर्षदेखि काम गरेको पार्टी छाड्नुपर्दा दुःख लागेको लोहनीले बताएका छन् ।- पुर्बेलीन्युज

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget