Websoft University

www.radiomakalu.com || 021-522512


वाग्मतीबाट १०४ मेट्रिक टन फोहर व्यवस्थापन


aab
काठमाडौँ,  फागुन २८ िगते। वाग्मती सफाइको २००औँ हप्ताका अवसरमा आज सुन्दरीजलदेखि चोभारसम्मको २८ किमी क्षेत्रमा सफाइ गरी १०४ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

नेपाल बन्द र झरी बाबजुद सुन्दरीजलदेखि चोभारसम्म १८ स्थानमा गरिएको पदयात्रासहितको सफाइमा एक लाखभन्दा बढी मानिस उपस्थित भएको वाग्मती सफाइ अभियन्ता उमेश बोहराले जानकारी दिनुभयो । आज उपत्यकाका रुद्रमती, विष्णुमती र नख्खुखोलालगायतका सफाइ अभियन्ता वाग्मतीमै केन्द्रित भएका थिए ।

मुख्यसचिव डा सोमलाल सुवेदीको नेतृत्वमा सरकारका १८ जना सचिव १८ केन्द्रमा खटिनुभएको थियो । प्रमुख दलका नेता पनि सफाइमा सहभागी हुनुभएको थियो । तिलगङ्गामा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, बल्खुमा उपप्रधानमन्त्री एवम् राप्रपाका अध्यक्ष कमल थापालगायत नेता सफाइमा जुट्नुभएको थियो ।

आगामी शनिबार २०१औँ हप्ताको वाग्मती सफाइ पशुपति राममन्दिर क्षेत्रमा गरिने सफाइ महाअभियानले जनाएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget