Websoft University

www.radiomakalu.com || 021-522512


तालिमले आत्मनिर्भर बन्दै कोसीपीडित महिला

गरिव, दलित बालबालिकालाई शैक्षिक सामग्री

इनरुवा,  चैत  ४ गते । सुनसरी जिल्ला हरिपुर गाविस–३ की सङ्गीतादेवी ठाकुरलाई पहिले मैनबत्ती बनाउन आउँदैनथ्यो । विद्युत्भार कटौती भएको बेला पसलबाट रु पाँचदेखि १० मा मैनबत्ती किनेर ल्याई बाल्नुहुन्थ्यो । तर अहिले उहाँ आफँै मैनबत्ती बनाउनुहुन्छ ।

सङ्गीतादेवी मात्र नभई हरिपुर–३ की सुलेखादेवी झाको पनि कुरा उही हो । उहाँलाई पनि मैनबत्ती कसरी बनाइन्छ भन्ने ज्ञान थिएन । तर हरिपुर गाविसमै रहेको सामुदायिक कोसीपीडित संस्थाबाट मैनबत्ती बनाउने सीप सिक्नुभयो । उहाँ अहिले तालिम लिएर मैनबत्ती बनाउन थालेपछि अब मोम, मैनबत्ती बनाउने फर्मा लगायतका सबै सामग्री भयो भने आफैँले मैनबत्ती बनाएर आयआर्जन गर्न सक्ने बताउनुहुन्छ ।

महिला घरमा बसेर चुल्होचौको सम्हाल्नेबाहेक गरिखाने खास सीप नभएको बेला कोसीपीडित संस्थाले दिएको एकहप्ते मैनबत्ती बनाउने तालिमले सुलेखा, सङ्गिता लगायतका यहाँका महिलालाई निक्कै सहयोगी बनेको छ ।

उक्त संस्थाले दुई समूहमा करिब ८० जना स्थानीय महिलालाई मैनबत्ती बनाउने तालिम दिएको थियो । हरिपुर–३ की ऋचा पाठकले पनि यही संस्थाबाट मैनबत्ती बनाउने तालिम लिनुभएको हो । घरमा फुर्सदिलो र बेरोजगारीको जीवन बिताइरहेका बेला पाएको मैनबत्ती बनाउने तालिमले उहाँलाई निक्कै राहत दिएको छ ।

बेरोजगार बसेका महिला तालिमपछि मैनबत्ती बनाउन सिपालु भई उनीहरुमा उद्यमशीलता बढेको देख्दा प्रशिक्षक लक्ष्मण मेहतालाई पनि खुसी लागेको छ । गरिखान सीप नै चाहिन्छ । कोसीको बाढीले बिजोग बनाएका परिवारका महिलालाई गरिखान सघाउ पुग्नेगरी मैनबत्ती बनाउने तालिम दिनसकेकामा आयोजक सामुदायिक कोसीपीडित संस्थाका अध्यक्ष धिरेन्द्र पाठक खुसी हुनुहुन्छ ।

विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले दिएका धेरैजसो तालिमबाट समुदाय लाभान्वित भएको कमै सुनिन्छ । तर कोसीपीडित महिलाले पाएको मैनबत्ती बनाउने तालिमले उनीहरुको जीवनमा थोरै भए पनि उज्यालो दिएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget