Websoft University

www.radiomakalu.com || 021-522512


पाँच लाख प्याकेट चाउचाउ अमेरिका निर्यात



मोरङ, चैत ४ गते । एसियन थाई फुड्सले उत्पादन गरेको रमपम चाउचाउको अमेरीका निर्यात गर्न थालेको छ । नेपालमा उत्पादित चाउचाउ मिठो रहेकोले अमेरिकामा सो चाउचाउको माग बढेको हो । सो उद्योगका प्रबन्ध निर्देशक महेश जाजूले भन्नुभयो, ‘सुरुमा नेपालीको रोजाई भएपनि अहिले अमेरिकी उपभोक्ताले समेत रुचाउन थालेका छन् ।

’ अमेरिकाको धेरै डिपार्टमेन्ट स्टोरबाट रमपम चाउचाउको माग भइरहेको छ’, उहाँले भन्नुभयो, ‘अमेरिकाजस्तो विकसित मुलुकमा नेपाली ब्रान्डको चाउचाउको माग हुनु गौरवको विषय भएको एसियन थाई फुड्सका प्रबन्ध निर्देशक महेश जाजूको भनाई छ । उहाँका अनुसार अस्ट्रेलिया, दुबई र कतारमा पनि रमपम चाउचाउ निकासी भइरहेको छ ।



सुनसरीको सोनापुरमा रमपम चाउचाउ उत्पादन गरिरहेको छ । अहिले हरेक महिना पाँच लाख प्याकेट चाउचाउ अमेरिका निर्यात भइरहेको र आगामी ६ महिनाभित्रमा १० लाख प्याकेट पुयाउने तयारी भइरहेको जाजूले जानकारी दिनुभयो ।-पुर्बेलीन्युज

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget