Websoft University

www.radiomakalu.com || 021-522512


प्रचण्डलाई मधेसी मोर्चाका नेताको प्रश्नः कमल थापालाई संघीय मामिलामन्त्री बनाएर के गर्न खोजेको ?




काठमाडौं,चैत ४ गते । मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्णले संघीयता विरोधीलाई नै संघीय मामिलामन्त्री बनाएर सरकारले के गर्न खोजेको भनेर प्रश्न गरेका छन् ।

राप्रपाले अझै संघीयता स्वीकार नगेको भन्दै उनले भने, ‘सरकारले संघीयता विरोधी कमल थापालाई नै संघीय मामिलामन्त्री बनाएर के गर्न खोेजेको हो ?’ थापालाई संघीय मामिलामन्त्री बनाएर सरकारले गल्ती गरेको उनको भनाइ छ ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा सद्भावना पार्टीका नेता कर्णले अहिले संविधान संशोधन पहिले कि चुनाव भन्ने विवाद भइरहेको बताएका छन् । मुलुकको समस्या समाधानका लागि संविधान संशोधन हुनु पर्ने भन्दै उनले भने, कोही संविधानको कमा, फूट स्टप, पनि चेन्ज गर्नुहुँदैन भनेर भनिरहेका छन्, यो गलत हो ।’

उनले अघि भने, ‘जबरजस्ती निर्वाचन गरेर मुुलुकलाई द्धन्द्धमा लैजाने कि निर्वाचनको मिति पर सारेर मुलुकलाई सहमतिको लागि निकास दिने हो ?’

कर्णले यथास्थितिमा आफूहरुले स्थानीय तहको निर्वाचनमा भाग नलिने जिकिर गरे । उनले भने,’सरकारसँग बन्दुक छ, तोप छ, गोली छ, लाठी छ, तर, हामी चुनावको भद्र अवेज्ञा गर्छौं ।’

उनले चैत्र १५ गतेसम्म आफूहरुले नरम आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको बताउँदै यो वीचमा सहमतिको लागि दुवै तर्फबाट प्रयास हुनुपर्नेमा जोड दिए । उनले भने, ‘तर निर्वाचन टोलीलाई हामी गाउँ पस्न दिँदैनौं, हामी आन्दोलन गर्छौं ।’-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget