Websoft University

www.radiomakalu.com || 021-522512


इथियोपियाको पहिरो मृत्यु हुनेको सङ्ख्या ४६ पुग्यो

इथियोपियाको पहिरो मृत्यु हुनेको सङ्ख्या ४६ पुग्यो

अदिस अबाबा (इथियोपिया), फागुन ३० गते  । इथियोपियाको राजधानी अदिस अबाबानजिकै रहेको एक फोहोर मैला भण्डारणस्थलमा पहिरो जाँदा मृत्यु हुनेको सङ्ख्या कम्तीमा ४६ पुगेको छ । यस पहिरोमा परी अन्य दर्जनौ घाइते भएका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । यस प्रकोपमा ज्यान गुमाउने व्यक्तिहरुमा ३२ महिला र १४ पुरुष रहेका र ती मध्ये केही बालबालिकासमेत रहेका बताइएको छ ।


‘कोसे ल्यान्ड फिल्ड’ स्थलमा गएको पहिरोमा परी दर्जनौँ पुरिएका बताइए पनि क्षतिको विस्तृत विवरण प्राप्त भइसकेको छैन । बेपत्ता व्यक्तिहरुको खोजी कार्य जारी रहेको बताइएको छ । यस पहिरो प्रभावित इलाकामा ३ सय भन्दा बढी व्यक्तिहरुको बसोबास रहेको अनुमान गरिएको छ ।  शनिबार राति गएको पहिरोले घर पुरेपछि कैयौँ जना गाउँबाट विस्थापित भएका छन् । रासस÷एएफपी

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget