Websoft University

www.radiomakalu.com || 021-522512


निर्वाचनमार्फत् राजनीतिक फोहर सफाइ गरिनुपर्छ ः प्रधानमन्त्री

pm chandra

काठमाडौँ,  फागुन २८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाग्मती सफाइ महाअभियानले गति लिए जस्तै निर्वाचनमार्फत् राजनीतिक फोहर पनि सफाइ गरिनुपर्ने बताउनुभएको छ ।

वाग्मती सफाइ महाअभियानको २०० औँ हप्ताका अवसरमा आज शङ्खमूलमा आयोजित मूल समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले सभ्यता र संस्कृति संरक्षण गर्न मानव सागर उर्लेको बताउनुभयो ।

“वाग्मती सफाइ महाअभियानको प्रेरणाले देशव्यापी सफाइ अभियान चलेको छ, सफाइका माध्यमबाट सभ्यता र संस्कृति संरक्षण गर्न सबै जुटेका छन्, यस अवसरमा सरकारले जारी गरेको सफाइ घोषणापत्र र सपथ कार्यान्वयन गर्न सबै सहयोग गरिनेछ”–प्रधानमन्त्री दाहालले भन्नुभयो ।

सबै गाउँपालिका र नगरपालिकामा सफाइ अभियान सञ्चालन गरिने उहाँको भनाइ थियो । वातावरणीय सफाइ अभियानले राजनीतिक सफाइ अभियानलाई पनि बल पुग्नेमा प्रधानमन्त्री दाहालको जोड थियो ।

मुख्यसचिव डा सोमलाल सुवेदीले १० बुँदे सफाइ घोषणापत्र जारी गर्नुहुँदै विद्यालय लगायत सार्वजनिक स्थलमा साप्ताहिक रुपमा सफा गरिने बताउनुभयो । वाग्मती सफाइ अभियन्ता डा राजु अधिकारीले सफाइका लागि मन, संस्कार र प्रवृत्तिमा परिवर्तन गरिनुपर्ने बताउनुभयो ।

गायिका आनी छोइङ डोल्माले सफाइमा सबै समुदायको सहभागिता हुनुपर्नेमा जोड दिनुभयो । विसं २०७० जेठ ५ गते सुरु भएको वाग्मती सफाइ महाअभियान आज २०० औँ हप्ता प्रवेश गरेका अवसरमा सुन्दरीजलदेखि चोभारसम्म पदयात्रासहित सफाइ गरिएको थियो । कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशी, हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलगायत सरकारका उच्च पदस्थ अधिकृत, समाजसेवी, पत्रकारको सहभागिता थियो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget