Websoft University

www.radiomakalu.com || 021-522512


लाप्राक बस्ती पुनर्निर्माणका लागि अष्ट्रेलियाबाट ५० लाख सहयोग




५ फेब्रुअरी, सिड्नी । भूकम्पबाट तहसनहस भएको गोर्खाको लाप्राक बस्ती पुनर्निर्माणका लागि गैरआवासीय नेपालीहरुले ६१ हजार अष्ट्रेलियन डलर (५० लाख रुपैयाँ) सहयोग गरेका छन् । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको पहिलो राष्ट्रिय उद्यमी सम्मेलनमा रकम सहयोग गरिएको हो ।

आइतबार मध्यान्ह सिड्नीमा आयोजित सम्मेलनमा गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका कार्यसमिति सदस्यहरु उपस्थित भएर शेष घलेलाई ६१ हजार अष्ट्रेलियन डलरको चेक हस्तान्तरण गरेका थिए ।

एनआरएनले गोरखा भूकम्पको केन्द्रविन्दु लाप्राकमा नमूना बस्ती निर्माण गरिरहेको छ जसको शिलान्यास प्रधानमन्त्री प्रचण्डले गत असोज २१ गते गरेका थिए ।

डा. घलेले लाप्राक बस्ती निर्माण गर्नका लागि प्राप्त भएको यो सबैभन्दा बढी रकम भएको बताए । उनले रकम उपलब्ध गराउने अष्ट्रेलियाबासीलाई धन्यवाद ज्ञापन गरे ।

उनले भने, ‘लाप्राक बस्ती निर्माणका लागि दैनिक चार सय स्वयंसेवकहरु खटिएका छन् र मौसमको प्रतिकूलताका कारण पनि काम सुचारु भइरहेको छ ।’

लाप्राक बस्ती निर्माणका लागि नेपाली सेनाले आफ्नो फौज पनि परिचालन गरेको भन्दै उनले नेपाली सेनालाई पनि धन्यवाद दिए ।

सोही कार्यक्रममा लाप्राक बस्ती पुनर्निर्माण सम्बन्धी वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।

सिड्नीमा उद्यमी सम्मेलन सुरु हुनुभन्दा ६० घण्टा अगाडि गोर्खाको लाप्राक छोडेका गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष डा. शेष घले सिड्नी ओर्लिएलगत्तै कार्यक्रम स्थलमा आएका थिए । व्यवसायीहरुको सम्मेलन हलमा उनी प्रवेश गर्दा सहभागीहरुले ताली बजाएर स्वागत गरेका थिए ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget