Websoft University

www.radiomakalu.com || 021-522512


प्रचण्ड सरकारले चुनाव नगराउन खोजेको कांग्रेस नेताको आरोप





काठमाडौंमाघ २३ गते । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले चुनाव नगर्न अनेक बहाना बनाइरहेको आरोप लगाएका छन् ।


आज नेपाली कांग्रेस काठमाडौं महानगरपालिका ५ नम्बर वडा इकाइ समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै सिंहले भने, ‘चुनाव गर्ने प्रतिबद्धतासहित बनेको सरकार अहिले चुनावमा आलटाल गर्न लागेको हो कि भन्ने आशंका बढ्न थालेको छ ।’
तह वा निकायको कुनचाहीँ निर्वाचन गर्ने भन्ने अन्योलता देखाएर सरकार चुनावबाट पछि हट्न खोजेको उनको आरोप छ ।
उनले तत्काल चुनावको मिति घोषणा हुनुपर्ने पक्षमा कांग्रेस रहेको बताउँदै अन्तरिम व्यवस्थाअनुसार सरकार गठन गर्न मिल्ने तर तहको नहुँदा निकायको गर्दा चाहिँ कुनै असंवैधानिक नहुने समेत तर्क गरे ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget