Websoft University

www.radiomakalu.com || 021-522512


राप्रपाको महाधिवेशनमा विवाद





काठमाडौं फागुन ७ गते । एकताको महाधिवेशन गरिरहेको राप्रपाको बन्दसत्रमा विवाद देखिएको छ ।

शुक्रबार राजधानीको प्रर्दशनीमार्गमा उद्घाटन भएको महाधिवेशनको शनिबार विहानदेखि बन्द सत्र सुरु भएकै अवस्थामा पार्टीको एजेण्डा, चुनाव चिन्हलगायतका विषयमा विवाद सुरु भएको हो ।
बन्दसत्रमा प्रस्तुत भएको कार्यपत्रमाथि छलफल नभई सिधै रिर्पोटिङ सुरु गरिएको र रिर्पोटिङ पनि विधि र निति भन्दा मन लागेकाले नाम टिपाएर गरिएको बताइएको छ ।
राजसंस्था राख्ने नराख्नेमा विवाद
मंसिर ६ मा दुई राप्रपाबीच एकता भएपछिको पहिलो महाधिवेशनमा राजसंस्थाले पनि प्रवेश पाएको छ ।
पशुपति शमशेर राणा, लोकेन्द्र बहादुर चन्द र प्रकाशचन्द्र लोहनीको समुहले अब यो देशमा राजतन्त्रको अस्तित्व नरहेको बताइरहेका छन् । तर राजसंस्थाको वकालत गरिरहेका कमल थापा समुह भने राजसंस्था सहितको राजनीतिक कार्यदिशा हुनुपर्ने पक्षमा छ ।
राप्रपाका एक केन्द्रीय सदस्यले भने–चन्द लगायतका साथीहरुले अब राजसंस्था बोक्नु हुन्न भन्नु भएको छ । तर यसको टुङगो महाधिवेशनले लगाउने छ । महाधिवेशनले गरेको फैसला सबैले मान्नु पर्छ ।’
थापा समुह भने जसरी पनि आफ्नो पक्षमा निर्णय आउनेमा ढुक्क छ । राप्रपाका सहप्रवक्ता किरण गिरीले भने ‘अहिले पार्टीको महाधिवेशनमा राजसंस्थाको बारेमा कुरा उठेको छ । बोक्ने र नबोक्ने विषयमा टुङगो भने महाधिवेशनले लगाउने छ । जुन फैसला प्रतिनिधि प्रवेक्षकले दिन्छन्, त्यहि पार्टीले मान्छ ।’
चुनाव चिन्हको विवाद
उद्घाटन सत्रमा नै पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीले चुनाव चिन्ह हलो हुनु पर्ने माग राखेका थिए । राणाले आफूले राप्रपा बनाउदा देखि नै हलो चुनाब चिन्ह भएकाले हलो नै हुनु पर्ने बताएका थिए । त्यसको विवाद महाधिवेशन हलमा झन् चर्को रुपमा उठेको छ । एक प्रतिनिधिका अनुसार आज बोल्ने अधिकांश सदस्यहरुले चिन्हको बारेमा कुरा उठाएका थिए । कमल थापाका पक्षकाहरुले आफूहरुले हिन्दु राज्यको माग गरेको र हिन्दुको आस्थाको प्रतिक गाइ भएकाले गाइ चिन्ह नै हुनु पर्ने बताएका थिए । पूर्व स्थानीय विकास राज्यमन्त्री कुन्ति शाहीले चुनाव चिन्हको विषयमा बहस भइरहेको भन्दै महाधिवेशनले गर्ने निर्णयलाई सबैले स्वीकार गर्ने बताइन् ।
यबैबीच बन्दसत्रमा धारणा राख्ने अधिकांशले नेतृत्वका कारण पार्टीमा विचलन आएको समेत आरोप लगाएका थिए भने हिन्दु धर्ममापनि परिमार्जन हुनु पर्ने बताएका छन् । हिन्दु धर्म उदार हुन नसकेका कारण दलित र जनजातिको त्यति आकर्ष हुन नसकेको बताएका थिए ।
यस्तै महिलाहहरुले विधान संशोधन गरेर कोटा बढाउनु पर्ने माग गरेको शाहीले बताइन् । पुरानो तरिकाले पार्टी चलाएर अब अस्तित्व पनि धान्न नसकिने भएकाले नयाँ तरिलेकाले जानुपर्ने समेत प्रतिनिधिहरुले जोड दिएका छन् ।
राप्रपा सहप्रवक्ता राजाराम बर्तौलाले बन्दसत्र आज सकिने र भोलिबाट निर्वाचन प्रक्रिया अघि बढ्ने बताए ।
राप्रपामा अध्यक्षमा थापा र लोहनी अध्यक्षको दाबेदार रहेका छन् भने केन्द्रीय सदस्यमा ४०० बढीको दाबेदारी रहेको छ ।
राप्रपाको १६१ केन्द्रीय सदस्य मध्य ६० प्रतिशतको निर्वाचनबाट चयन हुने र ४० प्रतिशत पछि मनोनित हुने बर्तौलाले बताए ।-कृष्ण गिरी ,रातोपाटी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget