Websoft University

www.radiomakalu.com || 021-522512


राप्रपा अध्यक्षको लागि कमल थापा र लोहनी भिड्दै





काठमाडौं फागुन ७ गते । राप्रपाको नयाँ नेतृत्वको लागि अध्यक्ष कमल थापा र नेता प्रकाशचन्द्र लोहनीबीच प्रतिस्पर्धा हुने भएको छ ।


राप्रपाका चार नेताहरु पशुपति शमशेर राणा, लोकेन्द्र बहादुर चन्द, लोहनी र थापाबीच बुधबार थापालाई नै सर्वसम्मत अध्यक्ष बनाउने सहमति बनेको भएपनि शुक्रबार बिहान पत्रकार सम्मेलन गरेर लोहनीले सहमति तोडेपछि यी दुईबीच प्रतिस्पर्धा हुने पक्का भएको हो ।
लोहनीले बुधबार महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै भनेका थिए–
–हामी कुनै दलको पुच्छर बन्दैनौ
–न हामी देशीको पुच्छर बन्छौ, नविदेशीका पुच्छर बन्छौ
–हामी जनताका पार्टी बन्न चाहन्छौ
–हामी राष्ट्रिय एकताका लागि लडिरहेका छौ
–सबै दलको सहमतिमा राष्ट्रिय एकताको रुपमा अगाडि बढ्न चाहन्छौ
–हामी सबै धर्मका सम्मान गर्छौ
–तर हिन्दु राष्ट्रको रुपमा परिचय गराउन चाहन्छौ
–बुद्ध धर्म र हिन्दु धर्मको अनुपम संगम भएको देश हो
–यो देशमा चलखेल मात्र होइन, लम्पसारवाद हावी भएको छ
–हामीले आफ्नो समस्या समाधान गर्न सक्षम छौ
–लम्पसारवादलाई राप्रपाले अस्वीकार गरेका छन्
–भारत र चीनले नेपालप्रति शंका गर्न थालेका छन्
–यो कुरामा सुधार हुनुपर्छ
–दुई खर्ब सरकारको ढुकुटीमा छ तर खर्च गर्न सकिरहेका छैन
–यो सरकारको नलायकीपन हो
–राप्रपा नेपालले देशको नेतृत्वमा गयो भने कुनै पनि युवा विदेश जानु पर्दैन
–स्थापनाकाल देखि हलो चिन्ह थियो । हलोले गर्छ भलो
–सहमति भने कुरा त्यही बेला काम लाग्छ जुनबेला शक्ति सन्तुलन हुन्छ
–दुवै पक्षको शक्ति सन्तुलन गरेर गयो भने सहमति हुन्छ
–पदाधिकारी नियुक्ति गर्दा पार्टी कार्यकर्ताले चिन्न पाउनुपर्छ
–यो पार्टी कुनै समूहको वा ग्रुपको पेवा होइन
–हरेक दलमा कुनै नकुनै ग्रुप छ नेताले बोल्यो कि सिधियो
–यस्तो सँस्कार राप्रपामा हुनुहुँदैन
रापपाले सहमतिमै नेतृत्व चयनको तयारी गरेको भएपनि अन्तिम समयमा आएर लोहनीले आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् । चुनाब चिन्ह परिवर्तन, प्रत्यक्ष निर्वाचित पदाधिकारी साथै कमल थापाले सहमति विपरित चल्न खोज्दा र कार्यकर्ताको व्यापक दवाबको कारणले लोहनीले सहमति तोडेको बताइएको छ ।
राप्रपामा दुई पक्षीय भिडन्त हुने भएसँगै थापा र लोहनी आफ्नो पक्षमा प्रतिनिधिहरुलाई पार्न लागि परेका छन् । महाधिवेशनमा ३५०० को हाराहारीमा प्रतिनिधि रहेका छन् । राप्रपा नेपालका सहप्रवक्ता राजाराम बर्तौलाका अनुसार भोलिदेखि चुनाव कार्यक्रम सुरु हुनेछ ।

यसैबीच आज जारी बन्दसत्रमा अध्यक्षको राजनीतिक प्रतिवेदन र राष्ट्रिय अध्यक्षको आर्थिक प्रतिवेदनमाथि छलफल भइरहेको बताइएको छ ।-रातोपाटी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget