Websoft University

www.radiomakalu.com || 021-522512


अाफ्नै ३ बर्षीया भतिजालार्इ घाटी निमाेठेर हत्या गर्ने यि कस्ती काकी




अाफ्नै ३ बर्षीया भतिजालार्इ घाटी निमाेठेर हत्या गर्ने यि कस्ती काकी
राजविराज माघ २५ गते । सप्तरीको पातो– ७ मा आफ्नै तीन वर्षीय भतिजाको घाँटी थिचेर हत्या गर्ने एक महिलालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउपर्नेमा स्थानीय २५ वर्षीया उर्मिलादेवी मण्डल रहेकी छिन् । धर्मदेव मण्डलका तीन वर्षीय छोरा रामअवतार मण्डलको हत्या उनकै काकी उर्मिलादेवी मण्डलले घरायसी विवादका कारण आक्रोशमा आएर गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

साडीको कपडामा पोको पारी सेतो प्लास्टिकको बोरामा घर पछाडि रहेको मलघारीमा लुकाइएको अवस्थामा आइतबार साँझ उनको शव प्रहरीले फेला पारेको थियो । तीन दिनअघि मृतक रामअवतारका आमा र काकी उर्मिलादेवीबीच घरायसी वादविवाद भएको थियो र सो क्रममा उर्मिलाले मृतककी आमालाई तेरो छोरा मारिदिन्छु भनेर धम्की दिएको सप्तरीका प्रहरी उपरीक्षक दिवेश लोहनीले बताउनुभयो ।

पक्राउ परेकी महिलालाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत राजविराजबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरी उपरीक्षक लोहनीले जानकारी दिनुभयो ।-पुर्बेलीन्युज

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget