
धरान ,माघ २५ गते । धरान १३ स्थित रहेको हतुवाली सेकुवा कर्नरमा मंगलबार विहान आगलागी हुदा तीनलाख भन्दा बढीको क्षति भएको छ । विहान २ बजेको समयमा विजुली सर्ट हुदा शिव पराजुलीको घरमा विगत एक बर्षदेखि होटल सञ्चालन गर्दै आएका रमेश थापाको सो सेकुवा कर्नरमा अगलागी हुदा होटल सञ्चालनका लागि राखिएको २ वटा फ्रिज, दुई वटा ¥याक, किरान पसलमा रहेका सम्पूर्ण समाग्री, दुई वटा स्मार्ट फोन, २ वटा मिक्चर, बुफर, डिभिडी लगायतका सामाग्री पूर्ण रुपमा नष्ट भएका छन् ।
विहान होटलबाट धुवाको मुस्लो निस्केपछि गाउलेहरुले सटर फोडेर आधा घन्टामा नियन्त्रणमा लिएका थिए । आगो लागि भएलगत्तै गाउले तथा होटल सञ्चालकले प्रहरी र वारुणयन्त्रणलाई फोन गरेपनि आगो नियन्त्रण भएको आधा घण्टापछि मात्र वारुणयन्त्र त्यस स्थानमा पुगेको स्थानीयहरुले बताएका छन् । सुनसरीको चकरघट्टी घर भएका थापाको गुजारा गर्ने माध्यम नै सकिएपछि परिवारको विचल्ली भएको छ । उहाले सहयोगका लागि सबैसंग अपिल समेत गर्नुभएको छ ।-
गोविन्द बस्नेत
Post a Comment