Websoft University

www.radiomakalu.com || 021-522512


तेह्रथुमको इवास्थित रन्दल आधारभूत विद्यालयको रजत महोत्सव आजबाट सुरु हुँदै




तेह्रथुमको इवास्थित रन्दल आधारभूत विद्यालयको रजत महोत्सव आजबाट सुरु हुँदै
तेह्रथुम, माघ २५ गते । तेह्रथुमको इवा–४ स्थित रन्दल आधारभूत विद्यालयको रजत महोत्सव आजबाट सुरु हुँदैछ । विद्यालयको स्थापनाको २५ औं वर्ष पुरा भएको अवसरमा आयोजित महोत्वसको जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद पोखरेलले उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानाध्यापक जयप्रकाश ईङनामले बताउनुभयो ।

आजबाट सुरु भएको महोत्सव विभिन्न शैक्षिक, सांस्कृतिक तथा मनोरन्जनात्मक खेलकूद कार्यक्रमहरु सहित २९ गतेसम्म चल्नेछ । विद्यालयले महोत्सवको अवसरमा अंग्रेजी माध्यमको पठन पाठन र कम्प्युटर शिक्षा सन्चालनकालागि खडा गरेको अक्षयकोषमा हालसम्म करिब ३६ लाख रुपैयाँ जम्मा भएको जनाएको छ । महोत्सवका अवसरमा सबै अक्षयकोष दाताहरुलाई सम्मान समेत गरिने प्रधाधानाध्यापक ईङनामले बताउनुभयो

।-
प्रकाश पाक्साँवा

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget