अमेरिकाका न्याय मन्त्रालयले राष्ट्रपति डोनल्ड ट्रम्पको आप्रवासी प्रतिबन्धलाई सही बताउँदै अदालतबाट यसलाई राष्ट्रिय हितमा पुनः लागु गर्न आग्रह गरेको छ ।
उनले अदालतमा आफ्नो औपचारिक तर्कमा प्रतिबन्ध लगाउनु राष्ट्रपतिको अधिकारमा पर्ने र एक अदालतले यसको पालनामा रोक लगाउनु गलत भएको बताएका छन् ।
सान फ्रान्सिस्कोस्थित एक संघीय अपिल अदालतले आप्रवासी प्रतिबन्धमाथि मंगलबार सुनुवाई हुने जानकारी दिएको छ ।
अमेरिकाको दुई राज्य, वासिङ्टन र मिनेसोटाले यस्तो प्रतिबन्ध लागु गर्दा अव्यवस्था फैलने बताउँदै आएको छ ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले जनवरी २५ तारिखमा एक कार्यकारी आदेश जारी गर्दै सात मुश्लिम बाहुल्यता भएको देशका नागरिकलाई अमेरिका प्रवेशमा अस्थायी प्रतिबन्ध लगाइदिएको थियो ।-बीबीसी
Post a Comment