Websoft University

www.radiomakalu.com || 021-522512


रियल मड्रिड फेरि शीर्ष स्थानमा उक्लियो



स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले ओसासुनालाई हराएको छ र, फेरि लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार भएको खेलमा रियल मड्रिडले ओसासुनालाई ३-१ गोल अन्तरले हराएको हो । यसअघि बार्सिलोनाले आलाभेसलाई ६-० को फराकिलो अन्तरले पराजित गरेको थियो ।

ओसासुनाको घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले २४ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोको गोलबाट अग्रता लिएको थियो । तर, ३३ औं मिनेटमा घरेलु टोलीका लिमोनेसले बराबरी गोल फर्काए र पहिलो हाफ १-१ मा सकियो ।

दोस्रो हाफमा रियलले दुई गोल थप्यो । ६२ औं मिनेटमा इस्कोले गोल गरे भने खेलको अन्तिम मिनेटमा लुकास भाजक्वेजले गोल गर्दै रियल मडि्रडलाई ३-१ को जित दिलाए ।

जितपछि २० खेलबाट ४९ अंक जोडेको रियल मडि्रड लिगको शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको बार्सिलोनाको २२ खेलबाट ४८ अंक भएको छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget