Websoft University

www.radiomakalu.com || 021-522512


आलाभेसको पोष्टमा बार्सिलोनाको ६ गोल




स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले आलाभेसमाथि शानदार जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले आलाभेसमाथि ६-० को जित निकालेको हो । आलाभेस त्यही टिम हो, जससँग बार्सिलोनाले कोपा डेल रेको फाइनल खेल्ने तय भएको छ ।

आलाभेसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ३७ औं मिनेटमा लुइस स्वरेजको गोलबाट अग्रता लिएको थियो । चार मिनेटपछि नै नेयमारले गोल गरे र पहिलो हाफमा टोलीलाई २-० को अग्रता दिलाए ।

दोस्रो हाफमा पनि बार्सिलोना हावी भयो । ५९ औं मिनेटमा लिओनल मेस्सीले गोल गरे भने ६३ औं मिनेटमा रुआनोले आत्मघाती गोल गरे र बार्सिलोनाको अग्रता ४-० मा पुग्यो ।

दुई मिनेटपछि नै राकिटिकले गोल गरे । ६७ औं मिनेटमा स्वरेजले व्यक्तिगत रुपमा दोस्रो गोल गरे । र, बार्सिलोना ६-० ले विजयी भयो ।

जितपछि केहीबेरका लागि शीर्ष स्थानमा उब्लिएको बार्सिलोना रियल मड्रिडले ओसासुनालाई हराएपछि फेरि दोस्रो स्थानमा झरेको छ । बार्सिलोनाको २२ खेलबाट ४८ अंक भएको छ भने २० खेलबाट ४९ अंक जोडेको रियल मड्रिड शीर्ष स्थानमा छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget