Websoft University

www.radiomakalu.com || 021-522512


राप्रपा अधिवेशनः ७१ जिल्लाको नतिजा आयो, कहाँ को विजयी ?





काठमाडौंमाघ २७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को ७१ जिल्लाको अधिवेशन सम्पन्न भएको छ । २९ जिल्लामा निर्वाचन र बाँकी जिल्लामा सर्वसम्मत अध्यक्षको चयन भएको राप्रपाका सहप्रवक्ता राजाराम बर्तौलाले जानकारी दिए ।


ति जिल्ला अधिवेशनबाट अध्यक्षका साथै ९–९ जना महाधिवेशन प्रतिनिधिको समय चयन गरिएको छ ।
यसअघि क्षेत्रीय अधिवेशन (२४० निर्वाचन क्षेत्र)बाट ९– ९ जना प्रतिनिधिको चयन गरिएको थियो भने प्रत्येक महानगरपालिकाबाट ५, उपमहानगरपालिकाबाट ३, नगरबाट २–२ जना प्रतिनिधिको चयन गरिसकिएको छ । यस्तै जनबर्गीय संगठनबाट ४ तथा प्रवासका २१ देशबाट २४ जना प्रतिनिधिको चयन हुनेछन् । यी सबै जोड्दा ३४६० प्रतिनिधि हुनेछन् भने बाँकी ४० जना अध्यक्षले मनोनयन गर्नेछन् ।
राप्रपाको एकताको पहिलो महाधिवेशन फागुन ६ गतेदेखि ९ गतेसम्म राजधानीमा हुँदैछ । महाधिवेशनको लागि राप्रपाले देशव्यापी सदस्यतावितरणदेखि बडा, क्षेत्र हुँदै जिल्ला अधिवेशन सम्पन्न गरेको हो । राप्रपाले माघ २१ गते क्षेत्रीय अधिवेशन गरेको थियो भने २५ गते जिल्ला अधिवेशन गरेको हो ।
यसैबीच विवाद तथा आन्तरिक कारणका कारण राप्रपाको ४ जिल्लाको अधिवेशन भने हुन बाँकी रहेको छ । कास्की, काभ्रे, बारा र पर्सा जिल्लामा अधिवेशन हुन बाँकी रहेको हो । कास्कीमा आज अधिवेशन गरिने भएको छ भने बारा, काभ्रे र पर्सामा भोलि हुने राप्रपा स्रोतले बताएको छ ।

कुन जिल्लामा को अध्यक्ष ?
सहप्रवक्ता राजाराम बर्तौलाका अनुसार २९ जिल्लामा निर्वाचनमार्फत अध्यक्षको चयन गरिएको हो भने ४२ जिल्लामा सर्वसम्मत अध्यक्षको चयन गरिएको हो ।
ताप्लेजुङबाट चन्द्र मादेन पाँचथरबाट प्रेमराज थामसुहाङ, इलामबाट हरि श्रेष्ठ, झापाबाट अमर बहादुर विष्ट र धनकुटाबाट कुमार बहादुर थापा अध्यक्ष बनेका छन् ।
यस्तै मोरङबाट माधव आचार्य, भोजपुरबाट सुरेश बस्नेत, संखुवासभाबाट पद्म केशर कार्की, सुनसरीबाट रोहित बहादुर कार्की, ओखलढुंगाबाट राजेन्द्र गुरुङ, खोटाङ जीवन श्रेष्ठ उदरपुरबाट धु्रब रायमाझी, सिरहाबाट रामनारायण यादव, सप्तरीबाट इन्द्रेश्वर साह , सोलुखुम्बुबाट भीम राई, दोलखाबाट सुन्दरप्रकाश खड्का, रामेछापबाट भरत वाइबा, सिन्धुलीबाट भीष्मराज श्रेष्ठ, महोत्तरीबाट राजेश्वर राय यादव, चितवनबाट बद्री तिमल्सिना, मकवानपुर रामहरि न्यौपाने, रसुवाबाट ठुले लामा, सिन्धुपाल्चोकबाट गोपाल श्रेष्ठ, भक्तपुरबाट दिनेश श्रेष्ठ, नुवाकोटबाट झनक व्प्याकुरेल, धादिङबाट नवराज श्रेष्ठ, काठमाडौंबाट नवाज सिंखडा, ललितपुरबाट रामहरि थापा, मनाङबाट दिपक गुरुङ, लमजुङबाट इन्द्रबहादुर मल्ल, गोर्खाबाट रुद्रराज पाण्डे, तनहुँबाट विनोद घर्ती मगर, स्याङ्जाबाट गणेश गुरुङ, मुस्ताङबाट भूपेन्द्र हिराचन, बागलुङबाट सुरेन्द्र खड्का, पर्वतबाट इश्वर गिरी र म्याग्दीबाट बीरबहादुर थापा अध्यक्ष बनेका छन् ।
नवलपरासीबाट ओमबहादुर सिंह, रुपेन्देहीबाट सागर प्रताप राणा, कपिलबस्तुबाट भीमचन प्रसाद कुर्मी, पाल्पाबाट डुलबहादुर कुँवर, अर्धाखाँचीबाट दीपक कुँवर, गुल्मीबाट बसन्तविक्रम पाण्डे, रुकुमबाट मुकुन्द बहादुर शाह, सल्यानबाट मनोज कुमार सिंह, दाङबाट क्षेत्रबहादुर बस्नेत, प्युठानबाट चुमाङसिंह बस्नेत, दैलेखबाट भक्तबहादुर शाही, सुर्खेतबाट मानबहादुर खड्का, जाजरकोटबाट कृष्ण विक्रम शाह, बाँकेबाट नरेन्द्र कुमार पौडेल, बर्दियाबाट भीमबहादुर बोहरा, जुम्लाबाट नरबहादुर शाही, मुगुबाट राजबहादुर मल्ल, डोल्पाबाट योगेन्द्र बहादुर शाही, कालीकोटबाट ऐनबहादुर शाही, कैलालीबाट गजिन्द्र बहादुर सिंह, डोडीबाट लाबहादुर कठायत, अछामबाट मीन बहादुर शाही, बझाङबाट धीरज विक्रम सिंह, बाजुराबाट दीपबहादुर शाह, दार्चुलाबाट वीरसिंह बराल, बैतडीबाट प्रेमबहादुर चन्द , डडेलधुराबाट हिक्मत साउद र कञ्चनपुरबाट पूर्णबहादुर चन्द अध्यक्ष बनेका छन् ।
क्षेत्र, जिल्ला, महानगरपालिका, उपमहानरपालिका र नगरपालिकाबाट प्रतिनिधिहरुको नाम समेत केन्द्रमा पुगिसकेको अवस्थामा को अध्यक्ष हुन्छ भन्नेबारे जोडघटाउ सुरु भइसकेको राप्रपाका नेता तथा कार्यकर्ताहरु बताउँछन् ।
राप्रपाको अध्यक्षमा कमल थापा, प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणा आकांक्षी रहेका छन् ।-राजकुमार सिग्देल

    Post a Comment

    MKRdezign

    {facebook#http://fb.com/www.bhawesh.com.np}

    Contact Form

    Name

    Email *

    Message *

    Powered by Blogger.
    Javascript DisablePlease Enable Javascript To See All Widget