Websoft University

www.radiomakalu.com || 021-522512


सृजना आमन्त्रण भलिबलमा सेनाको विजयी सुरुवात



प्रथम सृजना आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ ।
पोखरा रंगशालमा शनिबार भएको उद्घाटन खेलमा आर्मीले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्‍यो ।

पहिलो सेटमा २३-१९ को जित निकालेको आर्मीले दोश्रो सेटमा कडा प्रतिस्पर्धा गर्नु पर्‍यो । दोश्रो सेटमा आर्मीले एपिएफ माथी २९-२७ को जित निकाल्यो भने तेश्रो सेटमा २५­-२१ को जित निकाल्दै खेललाई आफ्नो पक्षमा पार्‍यो ।

यसअघि प्रतियोगिताको सांसद रविन्द्र अधिकारीले रेफ्री नारायण बहादुर भण्डारीलाई भलिबल प्रदान गर्दै उद्घाटन गरेका थिए । विकास समितिका सभापति समेत रहेका अधिकारीले पोखरालाई खेलकुद र खेल पर्यटनको राजधानी बनाउन लागि पर्ने प्रतिवद्धता जनाए ।

अर्का सांसद सारदा शर्माले पोखराको रङ्गशालालाई अन्तराष्ट्रिय रङ्गशालाको रुपमा निर्माण गर्न आफु लागि पर्ने बताइन् ।
माघ २९ गते सम्म संचालन हुने प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ नेपालका पाँच र भारतको एक गरी ६/६ टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा महिला र पुरुष दुवैलाई समान पहिलो, दोश्रो र तेश्रो हुनेलाई क्रमशः १ लाख ५५ हजार ५सय ५५, ७७ हजार ७ सय ७७ र ३३ हजार ३ सय ३३ नगद प्रदान गरिने आयोजक पश्चिमाञ्चल भलिबल संघका अध्यक्ष याम बहादुर गुरुङले जानकारी दिए ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget