Websoft University

www.radiomakalu.com || 021-522512


काँग्रेसले केन्द्रीय समितिलाई पूर्णता दिंदै



पोखरा, माघ , २२ गते । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले यथास्थितिकै स्थानीय निकाय निर्वाचन गर्नु उपयुक्त हुने बताएका छन् ।



नेपाली काँग्रेस कास्की क्षेत्र नं ३ को आयोजनामा ‘राजनीतिक सङ्क्रमण : नेपाली काँग्रेस र अबको वाटो’ विषयक कार्यशाला गोष्ठीको आज उद्घाटन गर्दै उनले स्थानीय तह पुनःसंरचना आयोगले दिएको प्रतिवेदनअनुसारको स्थानीय तहको निर्वाचन गर्न अझै दुई÷तीन वर्ष लाग्ने भएकाले पुरानै स्थानीय निकायको निर्वाचन गरिनुपर्ने सुझाव दिए ।

संविधान कार्यान्वयनका लागि आउँदो माघ ७ गतेभित्र तीनै तहको निर्वाचन गरिनु पर्नेमा जोड दिँदै महामन्त्री डा कोइरालाले सबै निर्वाचन गराउने अभिभारा काँग्रेसको काँधमा आएको धारणा राखे ।

मुलुकमा अब धेरै परिवर्तन गर्न बाँकी रहेको बताउँदै उनले राजनीतिक उपलब्धि प्राप्त भइसकेकाले अब आर्थिक समृद्धिको बाटोमा देशलाई अघि बढाउनुपर्ने विचार व्यक्त गरे ।

महामन्त्री डा कोइरालाले अब छिट्टै नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक बस्ने र बैठकले केन्द्रीय समितिलाई पूर्णता दिई सबै विभागको गठन हुने जानकारी दिए ।

महामन्त्री डा कोइरालाले सो अवसरमा प्रजातन्त्रका सेनानी लीलाभक्त आचार्य र समाजसेवी उत्तराकुमारी पालिखेलाई दोसल्ला ओढाइ सम्मान गरेका थिए ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget