Websoft University

www.radiomakalu.com || 021-522512


इब्राहिमोभिचको हृयाट्रिकसँगै म्यानचेष्टर युनाइटेडको सहज जित



जाल्टन इब्राहिमोभिचको हृयाट्रिकको मदतमा म्यानचेष्टर युनाइटेडले युरोपा लिगको अन्तिम ३२ मा सेन्ट इटियेनमाथि सहज जित हात पारेको छ । बिहीबार राति भएको पहिलो लेगमा म्यानचेष्टर युनाइटेडले सेन्ट इटियेनमाथि ३-० को जित हात पारेको हो ।

घरेलु मैदान ओल्ड ट्रार्फडमा भएको खेलमा जाल्टन नायक बने । उनले १५ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई सुरुवाति अग्रता दिलाए ।
७५ औं मिनेटमा दोस्रो गोल गरेका उनले ८८ औं पेनाल्टीमार्फत गोल गर्दै हृयाट्रिक पूरा गरे ।


३५ वर्षीय जाल्टनको यो करियरको १७ औं हृयाटि्रक हो । युनाइटेडका लागि भने पहिलो ।

म्यानचेष्टर युनाइटेड र सेन्ट इटियेनबीचको दोस्रो लेग फेब्रुअरी २२ मा हुनेछ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget