Websoft University

www.radiomakalu.com || 021-522512


सजिलै बनाउन सकिन्छ तन्दुरी चिकेन



सजिलै बनाउन सकिन्छ तन्दुरी चिकेन

सुन्दर श्रेष्ठ, एक्जुेकेटिभ सु सेफ, ग्रान्ड होटल, चाहाचल

नेपालमा पनि अधिकतम रुचाइन्छ । सबै उमेर र वर्गले मन पराउने तन्दुरी चिकेन सामान्य ढावा, रेस्टुरेन्टदेखि पाँचतारे होटेलमा समेत पाइन्छ । यो मसलेदार परिकार पनि हो । तन्दुरी चिकेन बढीजस्तो स्न्याक्सका रूपमा सेवन गरिन्छ । पकाउँदा होल चिकेन ८ सय ग्रामदेखि १ किलोग्राम भए राम्रो हुन्छ । यो तौलका चिकेनमा कम रेसादार हुन्छ । जसले गर्दा पकाउन सजिलो तथा खाँदा पनि स्वादिलो हुन्छ ।

बनाउने विधि
सुरुमा एउटा भाँडामा ह्याङ कट राख्ने । त्यसपछि सो ह्याङ कटमाथि तोरीको तेल राख्ने । योसँगै अदुवा–लसुनको पेस्ट, रेड कलर, कागतीको रस, मेथीको पात, कास्मिरी मिर्च, जिरा पाउडर, धनियाँ पाउडर र नुन राखेर राम्ररी मोल्ने या घोल्ने । यसरी बनेको घोल होल चिकेनमा राम्ररी सबै भागमा पर्ने गरी मोल्ने । यसरी मोलेको होल चिकेन सरिया (लामो फलामको छडी) ले उनेर झुन्ड्याउन मिल्ने बनाउने । यसरी उनेको होल चिकेनलाई तन्दुरीभित्र सेकाउने ।

सो होल चिकेन करिब आधा घन्टा कोइलाको तन्दुरीमा सेकाउने । यसरी सेकाएपछि सो होल चिकेनको कलर रेड हुन्छ । होल चिकेन पाक्नासाथ खान योग्य भए पनि थप मसलाले मोल्नुपर्छ । त्यसका लागि बटर, धनियाँको पात र चाट मसलाले संयुक्त रूपमा सबैतिर बराबर पर्ने गरी मोल्नुपर्छ । यसरी मोलेपछि तन्दुरी चिकेन खानका लागि तयार हुन्छ । तयार भएको तन्दुरी चिकेन पुदिनाको अचारसँग खाँदा निकै स्वादिलो हुन्छ ।

आवश्यक सामग्री
होल चिकेन १ थान
नुन ५ देखि १० ग्राम
कास्मिरी खुसार्नी पाउडर : १५ ग्राम
ह्याङ कट (छानेको दही) : २०० ग्राम
अदुवा–लसुन पेस्ट : २०० ग्राम
तोरीको तेल : २०० एमएल
ओरेन्ज रेड कलर : आधा चिया चम्चा
कास्मिरी मेथी (मेथीको पात): १० ग्राम
कागतीको रस: ३० एमएल
जिरा धुलो: २० ग्राम
धनियाँ धुलो: २० ग्राम

पुदिनाको अचार बनाउने तरिका
आवश्यक सामग्री
पुदिनाको पात : २०० ग्राम
लसुन : २–३ पिस
हरियो खुर्सानी : २–३ पिस
दही : १०० एमएल
नुन : १० ग्राम
धनियाँको पात : एक मुठा
यी माथिका सम्पूर्ण सामग्रलाई एकै ठाउँमा हाल्ने । यसरी हालेको सामग्रीलाई ग्राइन्डरको सहायताले मसिनो बनाउने । यसरी सजिलै पुदिनाको अचार बनाउन सकिन्छ ।-रातोपाटी 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget