Websoft University

www.radiomakalu.com || 021-522512


राष्ट्रपति पद सम्हालेको ११ दिनमा ट्रम्पविरुद्ध ४२ मुद्दा





वासिङटन – व्यवसायी डोनाल्ड ट्रम्पका लागि अदालती मुद्दा कुनै नौलो विषय थिएन । ओभल अफिसमा छिर्न अघि उनीविरुद्ध कयौँ मुद्दाहरु थिए । यौन शोषणदेखि लगानीकर्ता र आफ्नो विश्वविद्यालयका विद्यार्थीहरुलाई ठगेकोसम्म मुद्दाहरु उनीमाथि लागेको थियो ।

व्यवसायीबाट अमेरिकी राष्ट्रपतिको पद् सम्हालेपछि पनि यो कुरामा खासै परिवर्तन आएको छैन ।

पद्भार सम्हालेको ११ दिनमा उनले आप्रवासी र शरणार्थीमाथि प्रतिबन्धदेखि विभिन्न विवादास्पद निर्णय गरेका छन् । जसको कारण अमेरिकी राष्ट्रपतिलाई विपक्षी बनाउँदै मुद्दाहरु दायर भएका छन् । धेरैले उनको व्यवसाय र निजी फाइदाका लागि यस्तो कदमहरु चालिरहेको अरोप लगाएका छन् ।


ट्रम्प र उनका प्रतिनिधिहरुले पटक–पटक प्रतिबन्धको प्रतिरक्षा गर्दै आएका छन् ।

गत महिना उनले आफ्नो व्यवसाय छोराहरुले सञ्चालन गर्दै आएको ट्रस्टमा परिणत गर्ने घोषणा गरेका थिए ।

तैपनि मंगलबारसम्म ट्रम्पविरुद्ध ४२ वटा मुद्दाहरु दर्ता भइसकेका छन् । उता, बाराक ओबामाविरुद्ध ११ दिन ११ वटा मुद्दाहरु मात्र परेका थिए । जसमध्ये केही ओबामा अमेरिकी नागरिक नै नभएका कारण अमेरिकी राष्ट्रपति बन्न आयोग्य रहेको भन्ने थियो ।

ट्रम्पविरुद्ध भर्जिनिया, सान फ्रान्सिस्को, टेक्सास, वासिङटन, पेन्सिल्भेनिया, म्यासेचुसेट्स, न्युयोर्क लगायत राज्यमा ट्रम्प विरुद्ध मुद्दाहरु दर्ता भएका छन् ।-एजेन्सी
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget