Websoft University

www.radiomakalu.com || 021-522512


युरोपियन क्लबबाट ब्यबसायिक फुटबल खेल्ने सपना छः अञ्जन




नेपाली युवा स्ट्राइकर अञ्जन विष्टले युरोपियन क्लबबाट ब्यबसायिक फुटबल आफ्नो सपना रहेको बताएका छन् । साथै उनले ढिला चाँडो यो सपना पुरा हुने आश व्यक्त गरे ।



स्पेनको नेपाली समुदायबाट बार्सिलोनामा सम्मानित भएपछि अनलाइनखबरसँग कुरा गर्दै अञ्जनले भने, ‘युरोपमा खेल्न एकदमै गाह्रो छ तर, कडा परिश्रम गरिरहेको छु । आशा छ, युरोपमा खेल्ने मेरो सपना एक दिन पुरा हुनेछ ।’

अञ्जन अहिले स्पेनिस क्लब मार्बेलामा ट्रेनिङ गरिरहेका छन् र, सम्भवतस् अर्को साता ट्रेनिङ र ट्रायलका लागि बेल्जियममा जाने तयारीमा छन् ।

प्रशिक्षण तथा ट्रायलमा राम्रो प्रदर्शन गर्न सकेमात्र क्लवमा अनुबन्धित हुने प्रक्रिया अगाडी बढ्ने समेत उनले बताए ।

युवा स्ट्राइकर बिष्ट मार्बेला युनाइटेड एफसीमा गत बर्ष पनि प्रशिक्षणका लागि स्पेन आएका थिए । युरोप आएपछि धेरै कुराहरु सिक्न पाएको बताउँदै अरूले विदेशमा ट्रेनिङ लिने अबसर पाए राष्ट्रिय टोली झनै मजबुत हुँदै जाने बिश्वास ब्यक्त गरे ।

१९ वर्षीय अञ्जन छोटो समयमा नै राष्ट्रिय टोलीको पहिलो रोजाइमा पर्न सफल भएका छन् ।उनी यसमा आफूलार्इ भाग्यमानी ठान्छन् ।-बसन्त रानाभाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget