Websoft University

www.radiomakalu.com || 021-522512


बोर्नमाउथलाई हराउँदै सिटी दोस्रो स्थानमा उक्लियो, जेसिस घाइते




बोर्नमाउथमाथि जित हात पार्दै म्यानचेष्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।
सोमबार राति भएको खेलमा सिटीले बोर्नमाउथलाई २-० गोल अन्तरले हराएको हो ।

बोर्नमाउथको घरेलु मैदानमा भएको खेलमा सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले सर्जिओ एग्युरोलाई बेञ्चमै राखेका थिए । तर, गाब्रियन जेसिस घाइते भएपछि उनी १४ औं मिनेटमा नै मैदान प्रवेश गरेका थिए ।

२९ औं मिनेटमा स्टर्लिङले गोल गर्दै सिटीलाई पहिलो हाफमा १-० को अग्रता दिलायो ।

खेलमा फर्कने प्रयासमा रहेको बोर्नमाउथ आफ्नै कारण हार्न पुग्यो । ६९ औं मिनेटमाा किङ्ग्सले आत्मघाती गोल गरेपछि घरेलु टोली २-० ले पराजित भएको छ ।

जितपछि २५ खेलबाट ५२ अंक बनाएको सिटी दोस्रो स्थानमा उक्लिएको छ । तर, लिग लिडर चेल्सीभन्दा ८ अंकले पछाडि छ । चेल्सीको समान खेलबाट ६० अंक छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget