Websoft University

www.radiomakalu.com || 021-522512


सूचीकृत जलविद्युत् कम्पनीको नाफा ५० प्रतिशत बढ्यो, चिलिमेको वृद्धिमा रोक




काठमाडौं,फागुन ३ गते । सूचीकृत ११ जलविद्युत् कम्पनीमध्ये दोस्रो त्रैमाशको वित्तीय विवरण प्रकाशित गरेका ७ जलविद्युत् कम्पनीको नाफा ५० प्रतिशतले बढेर १ अर्ब २ करोड पुगेको छ ।

गत आवको पुसमा नोक्सानमा रहेको सानिमामाई हाइड्रोको २५ करोड नाफा पुगेको छ भने चिलिमे र अरुण भ्यालीको नाफा घटेको छ । पुरानोमध्ये एक भइकन बुटवल पावरको नाफामा भने समकक्षी कम्पनीहरुमा उच्च छ । कम्पनीको नाफा ६० प्रतिशतले बढेको छ ।

विद्युत् बिक्रीबाट मात्रै भएको आम्दानी पनि लगभग ३० प्रतिशतले बढेर १ अर्ब ७२ करोड पुगेको छ । कम्पनीहरुको अन्य आम्दानी ३ करोड ३४ लाख रुपैयाँमा सिमित भएको छ । अरुणभ्यालीले बाहेक सबैले बैंकहरुलाई तिर्नबाँकी कर्जा रहेको देखाएका छन् । सानिमाले बैंकहरुलाई तिर्नपर्ने रकम सबैभन्दा धेरै देखिन्छ ।

कम्पनीहरुले मेसिनलगायतको ह्रासकट्टीको लागि कोषमा ३७ करोड रुपैयाँ जम्मा गरेको देखिन्छ । कम्पनीहरुले नेपाल विद्युत् प्राधिकरणलाई रोयल्टि वापत १९ करोड तिरेका छन् तर चिलिमे र सानमामाईले भने यो शिर्षकलाई छुट्टै देखाएको छैन् । सानिमामाई, चिलिमे, रिडी र अरुणले मात्र प्राप्त गर्नुपने र तिनुपर्ने रकम देखाएका छन् ।



ङादीले गर्यो झेल
ङादीले ले भने बोनस र कर अघिको नाफा मात्र देखाएको छ । जबकी यसले गलत सन्देश दिन्छ, करपछिको नाफा वास्तविक नाफा हुने भएपनि नियामक अभावमा जलविद्युत् कम्पनीको वित्तीय विवरणमा एकरुपता आउँन सकेको छैन् ।



कसको के नयाँ आयोजना आउँदै ?

चिलिमे जलविद्युत्को प्रवद्र्धनमा २ सय ७० मेगावाटका चार आयोजना निर्माणधिन रहेको वित्तीय विवरणमा उल्लेख गरेको छ ।

अपि पावर कम्पनीको ८ मेगावाटको नौगाँड गड जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता भइसकेको र ४० मेगावाटको अपर चमेलिया प्रोजेक्टको सर्भे सकिएको छ ।

अरुणभ्याली हाइड्रोले पनि निकट भविष्यमा नयाँ जलविद्युत् आयोजना निर्माणको तयारी रहेको उल्लेख गरेको छ ।

बुटवल पावरले ३० मेगावाटको न्यादी, ३७.६ मेगावाटको काबेली ए को निर्माण कार्य यही महिनाबाट शुरु गर्न लागिएको उल्लेख गरेको छ । १ सय मेगावाटको लोवर मनाङ मस्र्याङदीको विद्युतु खरिद सम्झौदा प्रक्रियामा रहेको र ८.५ मेगावाटको चिनो खालाको इआए हुन लागेको छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget