Websoft University

www.radiomakalu.com || 021-522512


नेपाल औषधि व्यवसायी संघमा तीनजनाको उम्मेदरी

जैन धर्मगुरु अहिंसा यात्रा गर्दै नेपालमा
सुरुङ्गा(झापा)  फागुन ३ गते  । नेपाल औषधि व्यवसायी संघ मेचीको फागुन ७ गते हुने निर्वाचनमा अध्यक्षका लागि त्रिपक्षीय प्रतिष्पर्धा हुने भएको छ । अध्यक्षमा बिर्तामोडका औषधि व्यवसायी नरेन्द्र बस्नेत काजी, कञ्चन शर्मा खतिवडा र नरेन्द्रप्रसाद बरालको उम्मेदवारी परेको छ । काजी सरीन फार्मेसी, खतिवडा साई फर्मा र बराल ओसन फर्माका सञ्चालक हुन् । अध्यक्षका उम्मेदवारद्वय दिलीप सुवेदी र रणबहादुर थापाले उम्मेदवारी फिर्ता लिएपछि त्रिपक्षीय भिडन्त निश्चित भएको हो ।
त्यस्तै, उपाध्यक्ष थोकतर्फ अनमोल फर्मा प्रालि बिर्तामोडका डिल्लीराम सिटौला र महावीर फार्मेसी दमकका गौतम गुप्ताको उम्मेदवारी परेको छ । त्यस्तै, उपाध्यक्ष खुद्रातर्फ शाक्य मेडिकल हल बिर्तामोडका सर्मिला शाक्य, प्रधान मेडिसिन सेन्टर सुरुङ्गाका सुरेन्द्र प्रधान र जमुना मेडिकल स्टोर धुलाबारीका उमानाथ सुवेदीको उम्मेदवारी परेको छ । महासचिवका लागि नेशनल मेडिकल बिर्तामोडका बासुदेवी दुलाल, त्रिसुल फर्माका जीवनकुमार खड्का र लाइफलाइन अस्पताल दमकका फार्मेसी लक्ष्मीप्रसाद श्रेष्ठको उम्मेदवारी परेको छ ।-पुर्बेलीन्युज

  

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget