Websoft University

www.radiomakalu.com || 021-522512


मेची– महाकाली अभियानः राष्ट्रिय एकता र समृद्धिमा सहयोग पुग्ने विश्वास


काठमाडौँ, फागुन १० गते । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गतेदेखि चैत ४ गतेसम्म हुन लागेको आफ्नो दलको मेची–महाकाली अभियानलाई अवरोध पुग्ने खालका कार्यक्रम नगर्न सबैलाई आग्रह गर्नुभएको छ ।

एमाले केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज ‘मेची महाकाली राष्ट्रिय अभियान’, व्यवस्थापन कार्यालयको आज उद्घाटन गर्दै उहाँले पार्टीको पूर्वनिर्धारित कार्यक्रम भएकाले अवरोध नपु¥याउन सम्पूर्ण राजनीतिक दल र सङ्घसंस्थालाई अनुरोध गर्नुभयो ।

हिमालदेखि तराई तथा पूर्वदेखि पश्चिम पुग्ने सो अभियानबाट मुलुकको राष्ट्रिय एकता, लोकतन्त्र, विकास र समृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “अभियानमा तय गरिएका नारा वडा, वडा र गाउँ गाउँमा गुञ्जिनुपर्छ, प्रत्येक कार्यकर्ता एक पटक अभियानमा कार्यकर्ता सहभागी हुनुपर्छ”–अध्यक्ष ओलीले भन्नुभयो, “अभियानमा पार्टीले वर्तमान परिस्थितिका बारेमा र गर्न खोजेका कामका बारेमा समेत बुझाउने छ ।”

अध्यक्ष ओलीको सोमबार स्थानीय निकायको निर्वाचनको मिति घोषणा हुनु सकारात्मक भएको बताउनुभयो । अभियानअन्तर्गत ठाउँ ठाउँमा पदयात्रा र आमसभा पनि हुनेछ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget