Websoft University

www.radiomakalu.com || 021-522512


प्रादेशिक स्तरिय सहकारी गोष्ठी बिराटनगरमा




बिराटनगर,फागुन १० गते ।   राट्रिय सहकारी संघको आयोजनामा एक नम्बर प्रदेश स्तरिय अनुभव आदान प्रदान २ दिने कार्यशाला गोष्ठी बिराटनगरमा शुरु भएको छ ।
गोष्ठीको उदघाटनगर्दै राट्रिय सहकारी संघ लि.का अध्यक्ष तथा सांसद केशव प्रसाद बडालले सहकारी ले निजि क्षेत्रसंग प्रतिस्पर्धागर्न प्रबिधिमैत्री हुनुको बिकल्प नभएको र सहकारी लाई सफल संस्थाको रुपमा स्थापित गर्न जिल्ला संघ र बिषयगत संघहरुको महत्वपुर्ण भुमिका हुनेकुरा बताउनु भयो । वहाँले संसोधित सहकारी ऐन सहकारी मैत्रीआउने कुरामा बिश्वास दिलाउनुभयो । त्यस्तै अर्का सभासद ऋषीकेश पोखरेलले सहकारी आन्दोलनले नै राज्यलाई घिसारेर याँुहासम्म ल्याई पुर्याएको अवस्था बताउदै मुलुक अव आर्थिक र सम्बृद्धिको बाटोमा लाग्नुपर्ने बताउनु भयो । वहाँले सहकारी हरुमा केहि बिकृती भएको बताउदै संचालकहरु मोटाउदै जाने तर सदस्यहरु चाहि लुतेहुने पबृत्तीको अन्त्यहुनुपर्ने बताउनु भयो ।
 
  कार्यक्रममा चिया केन्द्रिय सहकारी संघका अध्यक्ष गोविन्द दाहाल र सुपारी केन्द्रिय सहकारी संघका उपाध्यक्ष बिश्वनाथ ढकालले चिया र सुपारी उत्पादन देखी बजारीकरणमा रहेका समस्याका बारेमा छुट्टा छुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए । प्रदेश स्तरिय कार्यशाला गोष्ठीमा चौध जिल्लाका सहकारी संघ र बिषयगत संघका अध्यक्षहरुले छुट्टा छुट्टै जिल्लागत बिवरण प्रस्तुत गरेका थिए । गोष्ठीमा राष्ट्रिय सहकारी संघ लि.का बरिष्ठ उपाध्याक्ष मीनराज कडेलले गोष्ठीको उदेश्यमा प्रकाश पार्नु भएको थियो त्यस्तै संघका महाप्रबन्धक चित्रा कुमारी सुब्बाले केन्द्रिय संघको गतिबिधि बारे प्रस्तुत गर्नु भएका थियो । कार्यक्रममा स्थानिय बिकाश अधिकारी शोभाकर रेग्मी डिभिजन कार्यालयका प्रमुख गोपी घिमिरे, सांसद मीना यादव सांसद मिलन राजबंशी एमाले नेता जीवन घिमिरे लगाएतले सहकारीका बारेमा बोल्नु भएको थियो । कार्यक्रमको स्वागत मन्तब्य राट्रिय सहकारी संघका संचालक तथा राष्ट्रिय सहकारी बैंक का अध्यक्ष रमेश पोखरेलले गर्नु भएको थियो। -माधव अधिकारी

तस्वीर ः प्रेम देवान

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget