काठमाडौं,माघ २० गते । प्रहरी प्रधान कार्यालयले २६ सय ७८ पदका लागि भर्ना आह्वान गरेको छ । कार्यालयले प्राविधिकतर्फ एक हजार ३३ र जनपदतर्फ १६ सय ४५ जना प्रहरी जवान माग गरेको हो ।

त्यस्तै आवास तथा भौतिक इन्जिनियरिङ, सूचना प्रविधि, कुकुर स्कुल, विधि विज्ञान र हातहतियारसम्बन्धी प्राविधिकका लागि पनि दरखास्त आहृवान गरिएको छ ।
सबैभन्दा धेरै सञ्चार प्राविधिकका लागि ७ सय १८ जनाका लागि र सबैभन्दा कम हातहतियार प्राविधिक ५ पदका लागि दरखास्त माग गरिएको छ ।
सूचनाका अनुसार फागुन १ गतेदेखि ३० गतेसम्म दरखास्त दिन सकिनेछ ।
त्यस्तै जनपद समूहतर्फ १६ सय ४५ जना नयाँ प्रहरी भर्नाका लागि पनि आवेदन माग गरिएको छ ।-अनलाइनखबर
Post a Comment