Websoft University

www.radiomakalu.com || 021-522512


राप्रपा भक्तपुरकोे जिल्ला अधिवेशनः गणतन्त्रवादी र राजतन्त्रवादीबीच भिडन्त





भक्तपुर माघ २० गते । राप्रपा भक्तपुरकोे जिल्ला अधिवेशनमा गणतन्त्रवादी र राजतन्त्रवादीबीच भिडन्त हुने भएको छ । यद्यपी अहिलेसम्म सम्पन्न राप्रपा भक्तपुरको ६ वटा नगरपालिकाको अधिवेशनमा भने अखण्ड नेपाल, हिन्दु राष्ट्र र राजतन्त्रवादीहरुको बहुमत स्पष्टै देखिएको छ ।



जसमा राप्रपा भक्तपुर नगरको अध्यक्षमा राजेन्द्रप्रसाद लाखा, मध्यपुर थिमी नगरको अध्यक्षमा भुवन बाग श्रेष्ठ, सूर्यविनायक नगरको अध्यक्षमा प्रविण ढुंगेल, अनन्तलिङ्गेश्वर नगरपालिकामा रामप्रसाद न्यौपाने, चाँगुनारायण नगरपालिकामा उमेश प्रधान र नगरकोट नगरपालिकामा धनबहादुर लामा निर्वाचित भएका छन् ।
अधिवेशन सम्पन्न भएको ६ वटा नगरपालिकाहरुमध्ये पाँच वटामा अखण्ड नेपाल, हिन्दु राष्ट्र र राजतन्त्रवादी पक्षले जित हात पारेका छन् भने नगरकोट नगरपालिकाको अध्यक्षमा निर्वाचित लामा भने गणतन्त्रवादी पक्षधर रहेको स्रोतको भनाई रहेको छ ।
स्रोतका अनुसार सो नगरपालिकामा निर्वाचित अन्य पदाधिकारीहरुपनि आधीभन्दा बढि राजतन्त्रवादी पक्षधर रहेका छन् । जिल्लामा राजतन्त्रवादी पक्षहरुको नेतृत्व कमल थापा निकट सांसद तथा वर्तमान जिल्ला अध्यक्ष दिनेश श्रेष्ठ, माधव खत्री, रामेश्वर थापा लगायतका नेताहरुले गरेका छन् ।
उता गणतन्त्र पक्षधरहरुको नेतृत्व राप्रपाका सहमहामन्त्री रविन्द्र प्रताप शाह र रामशरण लामिछानेले गरेका छन् । शाह र लामिछाने पशुपति शम्सेर राणा निकट मानिन्छन् । राप्रपाको माघ २२ गते हुने भक्तपुरको दुई क्षेत्रीय अधिवेशनमा क्षेत्र न. १ं मा गणतन्त्रवादी पक्षबाट बच्चुराम पराजुली र राजतन्त्रवादी पक्षबाट श्यामप्रसाद नेपालको संम्भावना धेरै देखिएको राप्रपाका एक नेताले बताए ।
। यता २ मा गणतन्त्रवादी पक्षबाट उत्तम गिरी वा धर्म थापा र राजतन्त्रवादी पक्षबाट नारायण थापा अध्यक्षको उम्मेदवार हुने बुझिएको छ ।
माघ २६ गते हुने जिल्लाको अधिवेशनमा नेतृत्व लिन दुईपक्षका नेताहरु सक्रिय भएर लागेपनि जिल्ला अध्यक्षमा गणतन्त्रवादीहरुले रामशरण लामिछाने बाहेक उम्मेदवार दिने अरु नदेखिएको स्रोतको भनाई छ ।
यता राजतन्त्रधरपक्षबाट वर्तमान अध्यक्ष एवं सांसद दिनेश श्रेष्ठ उम्मेदवार हुने संम्भावना रहेको राप्रपाका जिल्ला नेताहरुको भनाई छ ।-हेमराज ढकाल,रातोपाटी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget