Websoft University

www.radiomakalu.com || 021-522512


मोरङमा बन्दको प्रभाव


मोरङमा बन्दको प्रभाव
विराटनगर,  फागुन ११ गते  । मधेसी मोर्चाको आह्वानमा गरिएको बन्दको प्रभाव मोरङमा देखापरेको छ । बन्दका कारण विराटनगरबाट छोटो तथा लामो दूरीका सार्वजनिक यातायातका सेवाहरु ठप्प रहेका छन् भने मोटरसाइकल र सिटी सफारीहरु फाटपूmट रुपका कुदिरहेका देखिन्छन् ।
सो बन्दको प्रभाव शिक्षण क्षेत्रमा पनि परेको छ । अधिकांश निजी विद्यालय बन्द रहेका छन् । यसैबीच, जिल्ला प्रहरी कार्यालय, मोरङले बन्दको क्रममा अहिलेसम्म कुनै अप्रिय घटना नभएको जनाएको छ । मोर्चाले स्थानीय निर्वाचनको तिथि घोषणा भएको विरोधमा आज बन्दको आह्वान गरेको हो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget