काठमाडौं, फागुन ११ गते । जनकपुरमा मधेसी मोर्चा र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । साथै मोर्चाका कार्यकर्ताले नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम बसेको घर समते घेराउ गरेका छन् ।
स्थानीय तह चुनाव घोषणाविरुद्ध मधेस बन्द आहृवान गरेको मधेसी मोर्चाका कार्यकर्ताले ब्रहृमपुरी क्षेत्रमा मोटरसाइकल र्याली निकाल्न खोजेका थिए, जहाँ एमाले नेता रघुवीर महासेठको घर छ र, गौतम त्यही बसेका थिए ।
मोर्चाका कार्यकर्ताले महासेठको घर घेराउ गरेपछि तनाव उत्पन्न भएको छ । सदभावना पार्टीका जिल्ला अध्यक्ष सञ्जय सिंहले शान्तिपूर्णरुपमा र्याली निकाल्न खोज्दा एमाले कार्यकर्ताले ढुंगामुढा गरेपछि तनाव सिर्जना भएको बताए ।
शनका अनुसार झडपका क्रममा राजु साह, कुलदीप साह लगायत घाइते भएका छन् । र, उनीहरुको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । -तस्वीर उपेन्द्र महतो
Post a Comment