Websoft University

www.radiomakalu.com || 021-522512


राप्रपा केन्द्रीय सदस्यमा क-कसले जिते ? (बिजेताको सूचीसहित)


बुद्धिमान तामाङलाई सर्वाधिक मत, कोमल ओली तेस्रो स्थानमा



काठमाडौं,फागुन ११ गते  । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यका लागि भएको मतदानमा बुद्धिमान तामाङले सबैभन्दा बढी मत पाएर जित हात पारेका छन् । चर्चामा रहेकी गायिका कोमल ओली तेस्रो स्थान हात पार्दै केन्द्रीय सदस्यमा विजयी भएकी छिन् ।

महाधिवेशनमा कोमल ओलीको चर्चा व्यापक देखिए पनि उनीभन्दा अगाडि विक्रम पाण्डेले दोस्रो स्थान ल्याएर जीत हात पारेका छन् ।

बाँकेका चर्चित नेता धवलसमशेर राणाले चौथो स्थानसहित केन्द्रीय सदस्यमा जीत हात पारेका छन् भने झापाली नेता राजेन्द्र लिङदेनले पाँचौं स्थानसहित जित हात पारेका छन् ।

महिलाकोटाबाट उम्मेद्वारी दिएकी नायिका रेखा थापाले पनि राप्रपाको केन्द्रीय सदस्यमा जित हात पारेकी छिन् ।

राप्रपाका संस्थापक नेता स्व. सूर्यबहादुर थापाका छोरा सुनील थापा पनि विजयी भएका छन् ।

त्यस्तै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त चन्दले पनि जितेका छन् ।










अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget