विराटनगर, फागुन १२ गते। यूवा पुस्ताको मायाप्रेमलाई सरल ढुङ्गमा प्रस्तुत गरिएको चलचित्र ‘यो साइनो मायाको’ को चलचित्र आउँदो चैत ४ गतेदेखी देशभरीको हलहरुमा एकसाथ प्रदर्शनीमा आउने भएको छ ।
निमार्ण यूनिटले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरि काठमाण्डौको मल्टिफिलेक्स १२ वटा हलमा । त्यसैगरी देशभरीको हलहरुमा एकसाथ प्रदर्शनी हुने जानकारी गराएको हो ।
अरुण प्रधानले निर्देशन गर्नुभएको चलचित्रमा पूर्वका कलाकारहरुले विशेष भुमिका निर्वाह गरेका छन् । रहेको छ । पूर्वको पर्यटकिय स्थल भेडेटार, धरानको घोपा क्याम्प, विराटनगर लगायतका स्थानहरुमा छायाकन गरिएको छ ।
चलचत्रिमा नायक जतिन ताम्राकार नायिका रेष्मा घिमिरे रहेकाछन् । रेष्माले नेपाली चलचित्रमा उनीहरुले यो साइनो माया को बाट डेब्यू गरेका हुन् ।
मोफसलमा रहि कलाकारिता क्षेत्रमा आफ्नो कर्म थलो बनाएका नयाँ अनुहारको कलाकारहरुलाई स्थान दिएको चलचित्रमा उनीहरुले गरेको अभिनयलाई तारिफ गर्ने योग्य रहेको देखिन्छ ।
मन्जिना मुभिजको ब्यानरमा निमार्ण भएको चलचित्र पठ्कथा सम्बाद पनि निर्देशक प्रधानले गरेका हुन । चलचित्रको अन्य कलाकारहरुमा नबनितराज प्रधान, राजु भुजेल,सागर डंगोल, किशोर भण्डारी, सुनिता ठाकुर, मनोज खतिवडा, दिवस सुवेदी, बिशाल श्रेष्ठ, उमा कार्की, गौरब खतिवडा रहेका छन् ।
चलचत्रिको संगीत कुन्दन थापा र बिकेस केशंकरले दिएका छन् भने शिव परियार, मनिषा पोखरेल, कोसिश क्षेत्री, मेलिना राई, बिकेश के शंकर, ज्योती सुब्बाले स्वर दिएका छन् ।
चलचित्रको लगानी करिब ६५ लाख रुपैयाँ खर्च भएको निमार्ण यूनिटले जनाएको छ । विराटनगरबाट प्रचार प्रसारमा होमिएको युनिटले दमक,हैटौडा हुदै पोखरा सम्म पुगेर यसलार्इृ पत्रकार सम्मेलन गर्दै प्रचार प्रसार गर्ने नायक जतिन ताम्राकारले बताए ।
चलचित्रको प्रदर्शनीबारे जानकारी दिदै ।- प्रेम देवान
तस्वीर ः प्रेम देवान
Post a Comment