Websoft University

www.radiomakalu.com || 021-522512


राप्रपा केन्द्रीय समितिको पहिलो बैठक आज



काठमाडौं,फागुन १२ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।
महाधिवेशनबाट निर्वाचित अध्यक्षसहित ९८ जना र अध्यक्षले नियुक्त गरेका १५ सहित ११३ सदस्यीय केन्द्रीय समितिको बैठक आज बस्न लागेको हो । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा हुनेछ ।
बैठकमा परिचयात्मक कार्यक्रमका अलावा स्थानीय तह निर्बाचनबारे पार्टीको धारणा तय गर्नमा केन्दि्रत रहने बताइएको छ ।
राप्रपामा १६५ जना केन्द्रीय सदस्यमध्ये ९८ जना निर्वाचनबाट र ६५ जना अध्यक्षले मनोनयन गर्ने प्रावधान छ । जसअनुसार अध्यक्ष कमल थापाले १५ जनालाई मनोनयन गरेका हुन् ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget