Websoft University

www.radiomakalu.com || 021-522512


सर्वाधिक पुरस्कार राशीको महिला क्रिकेट प्रतियोगिता हुँदै



कैलालीको अत्तरियामा सर्बाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिता हुने भएको छ ।



युनाइटेड अत्तरिया स्पोर्टस क्लवले शुक्रबार पत्रकार सम्मेला गरी आगामी बैशाख १४ गतेदेखि अत्तरिया कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको आयोजना गरिने जानकारी दिएको हो ।

विभागीय टोलीसहितको सहभागितमा हुने प्रतियोगिताको विजेताले नगद २ लाख र उप विजेताले नगद १ लाख पुरस्कार पाउनेछन् ।

त्यस्तै उत्कृष्ट खेलाडीले नगद २५ हजार, प्रतियोगिताकी उत्कृष्ट ब्याट्सउमन, बलर र विकेट किपरले १०/१० हजार तथा प्रत्येक खेलको उमन अफ द म्याचले ३ हजार पुरस्कार पाउने आयोजक क्लबका अध्यक्ष रवि खनालले जानकारी दिए ।

लिगकम नकआउटको आधारमा खेलाईले प्रतियोगितामा प्रत्येक टीमले ४ जनासम्म विदेशी खेलाडीहरु राख्न पाउनेछन् ।

प्रतियोगिता अत्तरियास्थित सशस्त्र प्रहरी बल बैद्यनाथ बाहिनीको खेल मैदानमा आयोजना गरिने आयोजकले जानकारी दिएको छ ।-दीपक उपाध्याय

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget