Websoft University

www.radiomakalu.com || 021-522512


सेनाको म्याराथनमा पुलिसका भूमिराज पहिलो




प्रधानसेनापति खुल्ला म्याराथनको उपाधि नेपाल प्रहरीका भूमिराज राईले जितेका छन् ।

उनले निर्धारित दुरी २ घण्टा २४ मिनेट १३ सेकेण्डमा पुरा गरे । नेपाली सेनाका अमल्दार कृष्ण बस्नेतले दोस्रो भए । उनी राई भन्दा मात्र दुई सेकेण्डले पछाडि रहे । सेनाकै राजन खत्रीले तेस्रो भए ।

राईले १ लाख पाए भने बस्नेतले ५० र खत्रीले २५ हजारमा चित्त बुझाएका छन् ।

२१ किलोमिठर दौडमा पुरुषतर्फ नेपाली सेनाका अमल्दार कल्याण बाँनिया पहिलो भए भने सिपाही रामजी बस्नेत दोस्रो र र गुल्म कार्य हुद्धा राजकुमार बिष्ट तेस्रो भए ।

महिला तर्फ नेपाली सेनाका प्यूठ विश्वरुपा बुढा पहिलो भइन् । आर्मीले सानुमाया कार्की दोस्रो हुँदा सशस्त्र प्रहरी बलकी पुष्पा भण्डारी तेस्रो भइन् ।

१० किमि दौडमा नेपाली सेनाका उपसेनानी रोहण श्रेष्ठ पहिलो भए । सह सेनानी सुवास लामा दोस्रो र उपसेनानी सुमन पाण्डे तेस्रो भए । महिलातर्फ उप सेनानी श्रुती कुँवर पहिलो हुँदा उपसेनानी रेखा अधिकारी दोस्रो र र उपसेनानी लक्ष्मी लामा तेस्रो भइन ।

छात्र तर्फको ५ किमि दौडमा सैनिक आवासीय महाविद्यालय सल्लाघारीका सुरेश थापा मगर पहिलो भए भने छात्रातर्फविजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयका संगिता खड्का पहिलो भएकी छिन् ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget