Websoft University

www.radiomakalu.com || 021-522512


करातेमा नेपाललाई ३४ स्वर्ण



भारतको गुजरात र बेग्लोरमा भएको दुई ठूला प्रतियोगितामा नेपालले ३४ स्वर्ण पदक हात पार्दै च्याम्पियन बनेको छ । सो प्रतियोगितामा २० रजत र १४ काश्य पदक हात पारेको छ ।
गुजरातमा भएको प्रथम अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगिता नेपालका खेलाडीले १९ स्वर्ण पदक हात पारे । त्यसैगरी बेग्लोरमा भएको इन्डो नेपाल वादोरियो कराते प्रतियोगितामा नेपालका खेलाडीले १५ स्वर्ण पदक हात पारे ।
गुजरातमा भएको प्रथम अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा नेपालका गोविन्द थापा मगर, सुनील तामाङ, सन्जु तामाङ र मानबहादुर मोक्तानले तीन÷तीन स्वर्ण पदक हात पारे भने अनुषा खड्का, पवन बोहोरा, स्वर्णिम पनेरु, नोर्वु तामाङ, योसाङ तामाङ, भरत राना मगर, अजयभक्त श्रेष्ठ र सुहाना कार्कीले दुईदुई स्वर्ण पदक हात पारे । त्यसैगरी विभिन्न तौल समुहमा पूर्ण कार्की, मनिस तामाङ, रामबाबु कुश्वर, नवराज रोक्का, निमा सांगे शेर्पा र केशर सुब्बाले एकएक स्वर्ण पदक हात पारेका छन् ।
नेपाल वादो फेडरेसनका प्रमुख प्रशिक्षक अरुणकुमार कार्कीको नेतृत्वमा गएको सो टोलीमा सहभागी अधिकांस खेलाडीले स्वर्ण पदक हात पारे । दुवै प्रतियागितामा सहभागीमध्ये मिङमार शेर्पाले तीन रजत पदक हात पारे भने मनिस तामाङ, दावा सांगे शेर्पा र नवराज रोक्काले दुईदुई रजत पदक हात पारे । त्यसैगरी नोर्वु तामाङ, सुहाना कार्की, योसाङ तामाङ, श्याम तामाङ, रामबाबु कुश्वर, पूर्ण कार्की, निमा सांगे शेर्पा, स्वर्णिम पनेरु, अनुसा खड्का, बुद्धबहादुर तामाङ र सुदर्शन अधिकारीले एकएक रजत पदक हात पारे ।
त्यसैगरी दुवै प्रतियोगितामा श्याम तामाङ, केशर सुब्बा र सुदर्शन अधिकारीले दुई काश्य पदक हात पारे । त्यसैगरी निमा सांगे शेर्पा, दावासांगे शेर्पा, पवन बाोहोरा, रामबाबु कुश्वर, पूर्ण कार्की, भरत राना मगर, वुद्धबहादुर तामाङ र अजयभक्त श्रेष्ठले एकएक काश्य पदक हात पारे ।
गुजरातमा भएको प्रथम अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा नेपाल, अस्ट्रेलिया, तान्जानिया, भुटान, बंगलादेश, श्रीलंका र आयोजक भारतसहित ८ राष्ट्रको सहभागिता थियो । त्यसैगरी बेग्लोरमा भएको इन्डो नेपाल ओपन वादोरियो कराते प्रतियोगितामा नेपाल र भारतका खेलाडी सहभागी थिए । सो प्रतियोगितामा नेपालका २३ जनाले कुमुते र कातामा प्रतिस्पर्धा गरेका थिए । सो प्रतियोगितामा नेपालबाट मानबहादुर मोक्तान र अजयभक्त श्रेष्ठ अन्तराष्ट्रिय रेफ्रिको रुपमा भाग लिएका थिए ।-रातोपाटी 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget