Websoft University

www.radiomakalu.com || 021-522512


मधेस केन्द्रित दलसँग प्रधानमन्त्रीले छलफल गर्ने


puspa kamal dahal prachanda_1
काठमाडौँ, फागुन ७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनको मिति घोषणा, संविधान कार्यान्वयन र संविधान संशोधनलगायतका विषयमा मधेस केन्द्रित दलका नेतासँग शनिबार (आज)छलफल गर्नुहुने भएको छ ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले मधेस केन्द्रित दलका नेताकै सहमतिमा निर्वाचनको मिति घोषणा गर्ने तयारी स्वरुप छलफलका लागि आमन्त्रण गरिएको जानकारी दिनुभयो । रासससँग कुरा गर्दै राजनीतिक सल्लाहकार खनालले सबै पक्षको सहमतिमा नै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने र मुलुकलाई निर्वाचनमा केन्द्रित गर्ने सरकारको तयारी रहेको बताउनुभयो ।
शनिबार बिहान १० बजे छलफलका लागि प्रधानमन्त्रीले मधेस केन्द्रित दलका शीर्ष नेतालाई प्रधानमन्त्री निवास बालुवाटारमा आमन्त्रण गर्नुभएको छ ।
प्रमुख तीन दलका बीचमा स्थानीय तहको निर्वाचन घोषणा गर्ने विषयमा प्रारम्भिक सहमति भइसकेको र उक्त सहमतिमा मधेस केन्द्रित दलका नेतालाई समेत सहमत गराउने सरकारको तयारी छ ।

सरकारले निर्वाचन आयोगलाई यही फागुन ८ गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी भएको जानकारी गराएको छ । सङ्घीय सद्भावना पार्टीका अध्यक्ष अनिल झाले छलफलका लागि प्रधानमन्त्रीले बोलाउनुभएको बताउनुभयो ।
अध्यक्ष झाले संविधान संशोधन, स्थानीय तहको निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफलका लागि आमन्त्रण गरिएको र प्रधानमन्त्री निवासमा मोर्चा आबद्ध दल सहभागी हुने जानकारी दिनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget