Websoft University

www.radiomakalu.com || 021-522512


लिसेस्टरको अर्को हार, रेलिगेशन जोनबाट एक अंकले माथि



प्रिमियर लिग च्याम्पियन लिसेस्टर सिटी स्वान्सीसँग पराजित भएको छ । र, रेलिगेशन जोनबाट एक अंकले मात्र बचेको छ ।

आइतबार राति भएको खेलमा स्वान्सीले लिसेस्टरलाई २-० गोल अन्तरले हराएको छ ।



यो उसको लगातार पाँच हार हो । साथै प्रिमियर लिगमा साविकको विजेताले लगातार ५ हार व्यहोर्ने टिम १९५६ मा चेल्सीपछि लिसेस्टर बनेको छ ।

घरेलु मैदानमा भएको खेलमा स्वान्सीले ३६ औं मिनेटमा मोसेनको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा ओल्सनले गोल गर्दै टोलीको अग्रता २-० मा पुर्‍याए ।

लिसेस्टरले दोस्रो हाफमा खेलमा र्फकने प्रयास गरेपनि स्वान्सीका गोलकिपर लुकास फेबिआन्सकी बाधक बने । उनले पाँच प्रहार रोकेका थिए ।

यो हारसँगै लिसेस्टर रेलिगेशन जोनबाट मात्र १ अंकले माथि छ । उसको २५ खेलबाट २१ अंक छ भने रेलिगेशनमा रहेको हल सिटीको २० अंक छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget