Websoft University

www.radiomakalu.com || 021-522512


स्थानीय तहको चुनाव माग गर्दै सर्वोच्चको रिट दायर




काठमाडौं, फागुन २ गते । स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन कार्यान्वयनको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । र, भोलिका लागि पेशी तोकिएको छ ।

अधिवक्ता चिरञ्जीवी नेपाल लगायतले दायर गरेको रिटमा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नु पर्ने र त्यस अनुसार नै चुनाव गर्नु पर्ने माग गरिएको छ ।

‘वैशाख/चुनावमा गर्ने भनिएको छ । तर, तह कि निकाय भनिएको छैन’ अधिवक्ता रिजालले भने, ‘आयोगको प्रतिवेदन अनुसार चुनाव हुनुपर्छ भनेर रिट हालिएको हो ।’

स्थानीय तह कि निकायको चुनाव गर्नेबारे परेको अर्को रिटमा सर्वोच्चले ११ गते फैसलाको मिति तोकिसकेको छ ।

स्थानीय तह पुनर्संरचना आयोगले ७१९ स्थानीय तहसहितको प्रतिवेदन बुझाइसकेको छ । तर, सरकारले प्रतिवेदन अध्ययनका लागि १५ दिने समय दिएर कार्यदल गठन गरेको छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget